टाउकोमा बोतल अडाएर यिनले लेखे गिनीजमा नाम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ असार २०७४, सोमबार ०५:३५

एजेन्सी । अमेरिकी नागरिक जेमी किटनमा यस्तो क्षमता छकी उनी आफ्नो टाउकोमा जस्तो सुकै बोतलहरु अडाउन सक्छन् । जेमी किटनको टाउकोमा धातुका बट्टा तथा बोतलहरु टाँसिन्छन् ।

किटनको टाउको चुम्बक झैँ हुनु र धातुहरु टाँसिनुमा यसका पछाडी रोग रहेको चिकित्सकले बताएपछि उनको परिवार आश्चर्यमा पर्यो । उनी छाला सम्बन्धी एक गम्भीर तथा दुर्लभ रोगबाट पीडित छन् । जसका कारण उनी आफ्नो टाउकोमा बोतल तथा क्यान अड्याउन सक्छन् ।

बोतल टाउकेको नामले पनि परिचित जिमि गिनिज बुकमा नाम लेखाउन सफल ब्यक्तित्व पनि हुन् । आफ्नो यो असाधारण क्षमताको प्रयोग पनि जेमीले अनौठो तरिकाले गर्दछन् । उनी आफ्नो टाउकोमा पानीका बोतल टाँसेर मानिसहरुलाई पानी पिलाउँछन् त धेरैजसो समय उनले हँसाएरै बिताउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१