काठमाडौँमा आगलागीमा परी ४५ गाई मरे, ७० गाई घाइते

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ असार २०७४, आईतवार ०५:२७

काठमाडौँ, ४ असार । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटारमा रहेको ‘ओम कृषि फार्म’ मा आगलागी हुँदा ४५ गाई मरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

हिजो  बिहान करिब ११ बजे विद्युतसर्ट भई लागेको सो आगलागीमा परेर ७० गाई घाइते भएका छन् । नेपाल प्रहरी र स्थानीयबासीले दुई वटा दमकलको सहयोगमा अपराह्न १ बजे आगो नियन्त्रणमा लिएका थिए ।

प्रहरीका अनुसार आगलागीबाट १० टन दाना, एक थान जेनेरेटर र गाई बस्ने टहरामा क्षति पुगेको छ । फार्ममा ७५ दुहुनो, २२ ब्याउने र बाच्छाबाच्छी गरी १२२ गाई थिए । घाइते गाईको उपचार भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०