इच्छा अनुसार यौन गरे सफल हुन्छ जिबन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ असार २०७४, शनिबार १९:४१

यौन जीवनले मानिसलाई आफ्नो जिन्दगीमा सुखी वा दुखी रहनलाई महत्वपुर्ण भुमिका निर्वाह गर्ने गर्दछ । यौन भन्दा बित्तिकै महिला र पुरुष त्यो पनि विबाहित बिच हुने शारीरिक क्रियाकलाप भन्ने बुझिन्छ । जसमा श्रीमान् र श्रीमती दुवैको भुमिका महत्वपुर्ण हुन्छ ।

चाहँना हुँदा हुँदै पनि कहिलेकाँही यौन सम्बन्ध कायम गर्ने वातावरण बिग्रीदै जान सक्छ । जसका कारण कतिपय अवस्थामा इरेक्टाइल डिस्फंक्सन, घट्दो कामेच्छा जस्ता समस्याहरुले पुरुषहरुलाई ग्रस्त पारेको हुन्छ जसले उनीहरुको आत्मसम्मान र आत्मविश्वासमा समेत ठेस पुर्याउने गरेको डेलीमेलमा उल्लेख छ । तर सजिलै यौन शक्ति बढाउन पनि डेलीमेलले उत्तम उपाय सुझाएको छ । जस मध्ये उसले पहिलो कुरा चिन्तालाई चितामा नै राख्ने सल्लाह दिएको छ । यौन सम्पर्कका बेला कुनै पनि प्रकारको चिन्ता या दबाब महशुस नर्गदा जोडीलाई नै फाइदा पुग्छ । जसका कारण जोडीको यौन जीवन सुखद हुन्छ । त्यस्तै योनीमा राम्रोसँग लिगंले प्रवेश पाउन नसकेका कारण पनि कतिपय यौन जिवन धरापमा परेको पाइन्छ । सेक्सको समयमा लुब्रिकेशनको प्रयोगबाट इच्छा अनुसार आरामदायी सेक्स गर्न सकिन्छ । तपाइले यदि हप्ताको २ वा ३ पटक भनेर टाइमटेवल बनाएर सेक्स गर्दै आएनु भएको छ भने तालीकामा भगई इच्छा अनुसार सेक्स गर्नुहोस तपाईमा आफै स्पुर्ती भरिएर आउनेछ । यौन क्रियामा धेरै ऊर्जा र मिहिनेत चाहिन्छ । यो ऊर्जा तपाईंलाई नियमित व्यायाम गर्नाले मात्र मिल्छ । व्यायाम गर्नाले तपाईंको स्टामिनामात्र नभई रक्त सञ्चालन पनि राम्रोसंग हुन्छ । नियमित यौन कार्यमा संलग्न हुने हुँदा शरीरलाई तागत चाहिन्छ । त्यसैले प्रोटीनको मात्रा बढी भएको खाना खाने गर्नुस् । यसका साथै पानीको मात्रा बढाउनुहोस तपाईको यौन जीवन सुखद हुनपुग्छ । जसबाट तपाईले जीवनमा सन्तुष्टी नै सन्तुष्टी प्राप्त गर्नुहुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१