गर्मि मौसममा खुट्टाको हेरचाह कसरि गर्ने ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ असार २०७४, शनिबार १९:२७

सुक्खा मौसम सुरु भइसक्दा धेरैले अनुहार र शरीरको केयरमा ध्यान दिन्छन् । तर, खुट्टाको हेरचाहमा ध्यान नपुगेको हुन सक्छ । अहिलेको मौसममा धुवाँधुलो तथा सुक्खा मौसमको कारण घरबाहिर निस्कँदा छालालाई असर परिरहेको हुन्छ । जसले गर्दा शरीरको छाला सुक्खा तथा खस्रो हुन्छ । आफ्नो व्यक्तित्व बढाउन अनुहारका साथसाथै हात तथा खुट्टाको पनि हेरचाह गर्न भुल्नुहुँदैन । गर्मी तथा पसिनाबाट बच्न स्यान्डल लगाउँदा धुलो र फोहोरले खुट्टालाई निकै हानि पुर्‍याइरहेको हुन्छ । यस्ता सबै हानिकारक तत्वबाट बच्न घरैमा पेडिक्योर गर्न सकिन्छ । खुट्टाको सही हेरचाह गर्ने तरिकाबारे ब्युटिसियन बिन्दिया श्रेष्ठको सुझाब यस्तो छः

—खुट्टाको सुरक्षा तथा हेरचाह गर्न हप्तामा कम्तीमा पनि एकपटक पेडिक्योर गर्नुपर्छ ।

—यदि खुट्टाको नङमा पालिस लगाइएको छ भने रिमुभरले हटाएर मात्र पेडिक्योर गर्नुपर्छ ।

—पेडिक्योर गर्न सुरुमा गहिरो टबमा मनतातो पानी राख्नुपर्छ ।

—त्यसमा एक चुट्की खाने सोडा, थोरै स्याम्पु तथा हाइड्रोजन पाराअक्साइडको केही थोपा पानीमा घोलेर फिँज बनाउने ।

—त्यसपछि १० मिनेटसम्म दुइटै खुट्टा सो पानीमा डुबाएर राख्ने । यसो गर्नाले शारीरिक थकान तथा खुट्टाको पीडा पनि कम हुन्छ । शरीरमा ताजापन प्राप्त हुने तथा स्फूर्ति पनि पैदा हुन्छ ।

—त्यसपछि नरम ब्रसको मद्दतले खुट्टा, औँला, नङ तथा कुर्कुच्चालाई हल्का तरिकाले रगडेर सफा गर्ने । यसो गर्दा खुट्टामा रहेको मृत छाला हटेर जान्छ ।

—खुट्टालाई राम्ररी सफा गरिसकेपछि पानीबाट निकालेर सफा टावेलले पुछेर सुक्खा बनाउने ।

—यसपछि क्रिमले खुट्टा तथा कुर्कुचामा केही समय मसाज गर्ने । यसले खुट्टालाई निकै आराम दिन्छ ।

—यदि खुट्टाको नङ धेरै लामो भएमा नेलकटरले काटेर सबै नङ बराबर बनाउनुपर्छ ।

—अब खुट्टालाई फेरि एकपटक फिँज भएको पानीमा डुबाएर सफा तौलियाले सफा गर्ने ।

—पेडिक्योर गरिसकेपछि खुट्टालाई आकर्षक देखाउन नङमा सुन्दर पालिस लगाउने ।

—नेलपोलिस लगाउनुअघि त्यसको सिसी मजाले हल्लाउने ।

—खुट्टालाई एकदम सीधा राखेर ब्रसको सहायताले सुस्तरी पोलिस लगाउने ।

—नेलपोलिस लगाएको करिब ५ मिनेटपछि यो सुक्छ । त्यसपछि पुछेर यसमाथि कोट लगाउन सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१