लन्डनको २७ तले भवनमा भीषण आगलागी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ जेष्ठ २०७४, बुधबार १३:५०

लन्डन । पश्चिम लन्डनमा अवस्थित एक आवासीय एपार्टमेन्टमा भएको भीषण आगलागीमा परी हालसम्म ३० जना घाइते भएका छन् ।

सो भवनमा बुधबार बिहानीपख आगो लागेको हो । २७ तल्ले सो एपार्टमेन्टमा भएको आगलागीमा परी घाइते हुनेको संख्या धेरै हुनसक्ने अनुमान गरिएको छ । प्रहरी उद्धार कार्यमा खटिरेको र यसको यकीन हुन नसकिरहेको बताएको छ ।

सो भवनभित्र करिब २०० जनाको बसोबास रही आएको पाइएको छ । प्रहरीले त्यहाँ करिब २०० जना बस्ने गरेको र कैयौँ व्यक्ति थुनिएर रहेको भन्दै १०० भन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको जनाएको छ । आगो के कसरी लागेको हो भन्ने बारेमा खोजी भइरहेको प्रहरीले जनाएको छ । त्यस विषयमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

बुधबार बिहानीपख सो भवनमा आगो लागेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । भवनको करिब २५ औँ तलाबाट आगो निस्किएको देखिएको प्रहरीले जनाएको छ ।आगो लागेको तला भन्दा माथि सेतो कपडा लगाएको एकजना व्यक्तिले उद्धारका लागि सहयोग मागिरहेको जस्तो देखिएको प्रत्यक्षदर्शीले जनाएका छन्।

बेलायतमा पछिल्ला केही समययता आतंककारी हमलाको त्रास बढ्दो मात्रामा रहेकाले यस आगलागीलाई पनि आतङ्ककारी हमला त होइन भनी आशंका गरिएको छ । प्रहरीले यस आगलागीमा त्यस्तो कुनै पनि आतङ्ककारी हमलाको प्रयास नभई त्यहाँ प्राविधिक रुपमा मात्र आगो लागेको जनाएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१