काक्रो खानुहोस् शरिरको तौल घटाउनुहोस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ जेष्ठ २०७४, सोमबार १४:४१

काक्रो मानव स्वास्थ्यका लागि एकदमै फाइदाजनक फल हो । सलादको रुपमा प्रयोग हुने काक्रो गर्मीमा नुन खुर्सानीसँग मोलेर खान सकिन्छ । काक्रो जति स्वादिष्ट छ त्यति नै फाइदाजनक पनि छ । गर्मी मौसममा काक्रोलाई अमृतसमान मानिन्छ । काक्रोमा प्रशस्त मात्रामा पानी पाइने भएकाले यसले मानव शरिरमा पनि पानीको मात्रालाई कायम राख्ने गर्दछ । यसका साथै काक्रोको प्रयोगले हाम्रो शरीरमा नुन युरियनको मात्रालाई कम गर्न सहयोग गर्दछ ।

काक्रोका फाइदाहरु यसप्रकार छन्

१. यसले जोर्नी दुखाइको समस्याबाट छुटकार प्रदान गर्ने गर्दछ । २.यसले मानव शरीरको कोलेस्टोरको मात्रालाई कम गर्न सहयोग गर्ने गर्दछ । ३. यसले शरीरको तौल घटाउन मदत गर्दछ । ४.यसले शरीरमा पानीको मिनरलको मात्रालाई कायम राख्न मदत गर्दछ । ५.यसले शरीरमा क्यान्सर विरुद्धको प्रतिरक्षा प्रणालीलाई बृद्धि गर्नमा सहयोग गर्छ र यसले शरिरमा क्यान्सर रोगबाट बच्न मदत गर्छ । ६. यसले शरीरमा पाचनशक्तिलाई वद्धि गर्न तथा उपयुक्त रुपमा पाचनक्रिया गराउन यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । ७.यसले टाउको दुख्ने, अल्छिपना हटाउने एवम तनावहरुबाट छुटकारा प्रदान गर्ने गर्दछ । ८.यसले मधुमेहका विरामीका लागि पनि मदत गर्दछ । ९. यसले रक्तचाप नियन्त्रण गर्ने काम गर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१