देशभरी सय ओटा योगा पार्क बन्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ जेष्ठ २०७४, सोमबार ०५:३१

नयाँदिल्ली । भारतीय सरकारले योगाको प्रबद्र्धन तथा विकासका लागि देशभरी एक सय ओटा योगा पार्क बनाउने भएको छ ।
“ती पार्कहरु विषेश गरी योगा गर्नका लागि बनाइने छ, एक वर्षभित्रमा यस्ता पार्क बनाउनका लागि योगा सम्वन्धी वा अन्य सङ्घसंस्थाले स्वयमसेवीरुपमा सहयोग गर्ने छन्,” आयुर्बेद, योगा र होमियोप्याथी मन्त्री श्रीपाद निकले भन्नुभयो ।

 

उहाँले आवश्यक श्रोतसाधन सम्वन्धीत प्रदेश सरकार र विभिन्न सम्वन्धीत निकायले उपलब्ध गराउने बताउनुभयो । योगा पार्कमा प्राचिन योग अभ्यासका बारेमा सर्वसाधारणलाई प्रशिक्षणसमेत दिइने भएको छ ।

मन्त्री श्रीपादले यही जुन २१ तारिखका दिन अन्तरराष्ट्रिय योगा दिवस भव्यताका साथ मनाउन सवैलाई आह्वान पनि गर्नुभएको छ ।

लखनउमा हुने योगा दिवसको मुख्य समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुनुहुने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री मोदीसँगै केन्द्रीय सरकारका अन्य केही मन्त्री, उत्तरप्रदेशका मुख्य मन्त्री, योगा गुरुलगायतले योगाका बारेमा छलफल गर्नुहुने उहाँले बताउनुभयो । जुन २१ का दिन हुने प्रदर्शनात्मक योगामा झन्डै ५० हजार जना सहभागी हुने अपेक्षा गरिएको छ ।

गत वर्ष पनि प्रधानमन्त्री मोदीकै नेतृत्वमा दोस्रो अन्तरराष्ट्रिय योगा दिवस चण्डीगढमा मनाइएको थियो ।

योगाले शरिरलाई सक्रिय, बलियो, फुर्तिलो र स्वस्थ राख्नुका साथै स्वासप्रश्वास, मुटुलगायतका अंगलाई समेत फाइदा गर्ने विज्ञहरुको भनाइ छ ।

संयुक्त राष्ट्रसङ्घले हरेक वर्षको जुन २१ तारिकका दिन विश्वभरी अन्तरराष्ट्रिय योगा दिवस मनाउने निर्णय केही वर्ष अगाडि गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१