म्यानमारको सेनाको विमान बेपत्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ जेष्ठ २०७४, बिहीबार ०७:००

एजेन्सी । एक सय जनाभन्दा बढी यात्रु बोकेको म्यानमारको सेनाको विमान बेपत्ता भएको छ । विमान राजधानी यंगूनदेखि दक्षिणी म्यान्मारको मेइक शहर गइरहेका बेला एकाएक र्याडरबाट सम्पर्क बिच्छेद हुन पुगेको बिबिसीले जनाएको छ ।
बिबिसीका अनुसार विमान अन्डम्यान सागरमाथि उडिरहेका बेला सम्पर्क बिच्छेद भएको थियो । चीनमा बनेको यो विमानमा चालक दलका ११ र १०५ जना यात्रु रहेका छन् । विमान उद्दारका लागि एक टोली पठाइएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१