उम्मेदवार बन्न भन्दै शिक्षकको राजीनामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ जेष्ठ २०७४, बुधबार ०५:५९

नेपालगन्ज । स्थानिय तह चुनावमा उम्मेदवार बन्न भन्दै बाँकेका एक जना स्थायी शिक्षकले आफ्नो पेशाबाट राजीनामा दिएका छन् । स्थानीय तह चुनावमा उम्मेदवार बन्ने भन्दै अहिलेसम्म एकजना शिक्षकले मात्र राजीनामा दिएको जिल्ला शिक्षा कार्यालय बाँकेले जानाएको छ ।
मावि बनकट्टीका शिक्षक भण्डारीलाल यादवले राजीनामा दिएका हुन । राजीनामा दिने शिक्षकहरु शिक्षकको पेशागत संगठनमा रहेर राजनीतिमा क्रियाशील रहेका थिए । यादवको राजीनामा स्विकृत भइसकेको जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउदले बताए ।

राजीनामासँगै यादव संघीय समाजवादी फोरमबाट डुडुवागाउँपालिका तीनको वडा अध्यक्षमा चुनाव लड्न लागेका छन । यादव मगलबार मातृ शोकमा समेत परेका छन । उनको ममतामयी आमाको मगलबार निधन भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०