नेपाल भर्सेस भारत मैत्रीपूर्ण खेल भारतद्धारा नेपाल २ गोलले पराजित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ जेष्ठ २०७४, बुधबार ०५:५५

काडमाडौँ । नेपाल र भारतबिच भएको मैत्रीपूर्ण खेलमा भारतद्धारा नेपाल २ ० गोल अन्तरले पराजित भएको छ । मुम्बइको अँधेरी स्पोर्टस कम्प्लेक्समा केही बेर अघि सम्पन्न खेलमा भारतले ६० र ७८ मिनेटमा दुई गोल गरेपछि नेपालले खाता नै नखोली पराजय ब्यहोर्न बाध्य भएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा निकै रोचक बनेको खेल दोस्रो हाफपछि भारतको दबाबमा पर्यो । निरन्तर दबाबमा परेको नेपालले अन्तिम समयसम्म कोशिस जारी राखेपनि फिफा वरियतामा नेपाल भन्दा ६९ स्थान माथि रहेको भारतसँग भएको खेललाई निकै महत्वपूर्ण मानिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१