पत्रकार उपचार कोषलाई एनसीडीसीले दियो १ लाख १ हजार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ जेष्ठ २०७४, मंगलवार ०५:५२

बिर्तामोड, २३ जेठ । झापा भद्रपुरस्थित नेपाल सामुदायिक विकास केन्द्र (एनसीडीसी)ले पत्रकार सहारा उपचार कोषका लागि एक लाख एक हजार एक सय ११ रुपैयाँ प्रदान गरेको छ ।
एनसीडीसीका संस्थापक अध्यक्ष रामप्रसाद ढुंगानाले उक्त रकमको चेक आज सोमबार पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा र महासंघका उपाध्यक्ष एवम् उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गरे ।
पत्रकार महासंघले कल्याणकारी काम सुरु गरेकोमा खुशी व्यक्त गर्दै एनसीडीसीका संस्थापक अध्यक्ष ढुंगानाले आगामी दिनमा पनि सहयोग जारी राख्ने बताए । महासंघले थालेको अभियानबाट प्रेरित भई महासंघको तर्फबाट प्रस्ताव राख्नु अगावै एनसीडीसीले उक्त रकम प्रदान गरेको हो ।
पत्रकार महासंघ झापाले एक करोड रुपैयाँको कोष स्थापना गर्ने लक्ष्यका साथ अघि बढेको छ ।
एनसीडीसीले मानव सेवा त्यसमा पनि घाइते र बिरामी पत्रकारको उपचारमा सहयोग पुर्याउन पत्रकार महासंघले थालेको अभियान अनुकरणीय रहेको भन्दै सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेको छ ।
सो संस्थाले मुलुक परिवर्तन र नागरिकलाई सूसुचित गर्ने कार्यमा अहोरात्र खटिने झापाली पत्रकारको हितमा स्थापित कोषमा सहयोग गरिदिन सबैमा आग्रह पनि गरेका छन् ।
कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनेक्रम जारी रहेको महासंघका सहसचिव तथा कोषका सदस्य सचिव केशव भट्टराईले जानकारी दिए ।
कोषमा दाताहरुको नाम आजीवन रहनुका साथै प्रदान भएको रकम कहिल्यै नासिने छैन र त्यसको व्याजबाट मात्र पत्रकारको उपचारमा सहयोग गरिने कोषका संयोजक गिरीले जानकारी दिए ।
एनसीडीसीले रकम हस्तान्तरण गर्ने सो समारोहमा उक्त संस्थाका सदस्यहरु नवीनचन्द्र क्षेत्री, प्राणकृष्ण घोष,लेखापाल कला बस्नेत, पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष चिन्तामणि दाहाल,सचिव सन्तोष आचार्य,कार्यसमिति सदस्य उत्तम नेपाल, निवर्तमान सल्लाहकार तीर्थ सिग्देल लगायतको उपस्थिति थियो ।
तस्वीर ःविनोद पाण्डे(कमल)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०