जया मल्टिपल क्याम्पसको आयोजनामा काठमाडौंको ३ नगरपालिका प्रमुख ,उपप्रमुख ,वडा अध्यक्ष एवं सदस्यहरुलाई यसरि गरियो भब्य स्वागत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ जेष्ठ २०७४, आईतवार १७:५६

काठमाडौं,२१ जेठ  । काठमाडौं  नगरपालिकाका प्रमुख, उपप्रमुख,  वडा अध्यक्ष एवं सदस्यहरुलाई बधाई एवं अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ  ।  आज जया मल्टिपल क्याम्पसको आयोजनामा गोकर्णेस्वर  नगरपालिका ,कागेस्वरी नगरपालिका र शंखारापुर नगरपालिकाको प्रमुख ,उपप्रमुख ,वडा अध्यक्ष एवं सदस्यहरुलाई भब्य कार्यक्रमको बीच क्याम्पसले बधाई , स्वागत र सम्मान गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथि पुर्ब अर्थमन्त्री ड़ा.रामशरण महत ,विशिष्ट अतिथिहरु ,माननीय सांसद रामेश्वर फुयाल ,सांसद दिपक कुइकेल ,विभिन्न दलहरुका प्रतिनिधिको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो ।

नवनिर्वाचित प्रतिनिधिहरुलाई बधाई दिदै क्याम्पस प्रमुख भवानी प्रसाद पौडेलले   हरियाली तथा स्वच्छ महानगर बनाउने प्रणको साथै जनताले पाएको दुखलाई समेट्न जन-प्रतिनिधिलाइ आग्रह गर्नुभयो । उनले भने वैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनबाट नवनिर्वाचित जनप्रतिनिधिहरुलाई कार्यकाल सफलताको बधाई दिनुका साथै अभिनन्दन गरिएको हो ।

बधाई तथा सम्मान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं पुर्ब अर्थमन्त्री ड़ा. रामशरण महतले कर्मचारीबाट चलेको प्रशासन भन्दा जननिर्वाचित प्रतिनिधिले चलाएको प्रशासन प्रभावकारी तथा फरक हुनु पर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिहरुले बोल्दै अब जनताले सरल र छिटो तरिकाबाट आफूले चाहे अनुसार कार्यभएको अनुभुति सके सम्म छिटो गर्न पाउने गरी जन प्रतिनिधिहरुले काम गर्नु पर्नेमा जोड दिएका थिए  । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१