अर्गानिक कृषिको लागि जिवामृत उत्पादन तथा माटो सुधार अभियान सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ जेष्ठ २०७४, आईतवार १५:५३

काठमाडौ । नेपालको माटो अत्यन्त उर्वरा र उन्नतखालको भएतापनि कालान्तरमा रसायनिक पद्धार्थजन्य मलहरुको व्यापक प्रयोगले विषाक्त बनेको विज्ञहरुको भनाई रहेको छ। विषाक्त रसायनको प्रयोगले कृषिजन्य पद्धार्थको उब्जनीमा केही हदसम्म बृद्धि हुने भएतापनि कालान्तरमा भने यसले नकारात्मक असर पार्ने गरेको पाइएको छ।

घमाटोको उर्वराशक्तिलाई घटाउनुको अलावा विभिन्न डरालाग्दा रोगव्याधीको मात्रामा बृद्धि गराउने कार्य यिनै विषादी मिसाइएका कृषिजन्य पद्धार्थको उपभोग गरेर नै भएको जिकिर गरिएको छ। काठमाडौको गोठाटार स्थित कार्यक्रममा सहभागी बक्ताहरुको उक्त कुराको जिकिर गरेका हुन्।

कागेश्वरी मनहरा नगरपालिका वडा नंबर ८ स्थित गोठाटारको मनमुरी कृषि सहकारी संस्थाको आयोजनामा शनिवार भएको जिवामृत उत्पादन तथा माटो सुधार अभियान कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अर्गानिक कृषि आन्दोलनका प्रणेता माया गौतम लगायतले उक्त कुरामाथि प्रकाश पार्दै जिकिर गरेका हुन्।

आयोजक मनमुरी कृषि सहकारी संस्थाकी अध्यक्ष जयकला बस्नेतको सभापतित्वमा संपन्न कार्यक्रममा तुलसी थापा, श्रीकृष्ण चापागाइँ, रामेश्वर दाहाल लगायतले अर्गानिक कृषिको आवश्यकतामाथि जोड दिएका थिए। कार्यक्रममा स्थानीय सातजना कृषकहरुलाई जिवामृत उत्पादन तथा माटो सुधार अभियानका बारेमा प्रयोगात्मक तालिम दिने कार्य अर्गानिक कृषि आन्दोलनका प्रणेता माया गौतमले दिएकी थिइन्।

न्यतजबतबच ल्भधक द्धआयोजक मनमुरी कृषि सहकारी संस्थाकी अध्यक्ष जयकला बस्नेतले अर्गानिक कृषिको लागि आफ्नो सहकारीवाट सक्दो सहयोग प्रदान गर्दैआएको र थप विभिन्न भिजन तथा मिसन लिएर कार्य गर्दै गरेको उदघोष गरेकी छन्। कार्यक्रम संचालन उद्यमी तथा संचारकर्मी तारा खत्रीवाट भएको थियो।

न्यतजबतबच ल्भधक डकार्यक्रममा कृषि तथा पर्यटन र ऊर्जा पत्रकार राजु भट्ट, राजा बीरेन्द्र शान्ति प्रतिष्ठानका अध्यक्ष शिवहरि खनाल, बरिष्ठ सामाजिक अभियन्ता रामलाल श्रेष्ठ, नेशनल अनलाइन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगाना तथा भिजन संसार डटकमका समाचार सम्पादक श्याम स्मृतको सहभागिता रहेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१