तलव भत्ता शिक्षामा खर्चिने लिखु अध्यक्ष ध्रुव श्रेष्ठको घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ जेष्ठ २०७४, बुधबार १४:४१

नुवाकोट,१७ जेठ  । नुवाकोटको लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले आफूलाई सरकारले दिने तलवभत्ताको रकम दलित विद्यार्थीको उच्च शिक्षको लागि खर्च गर्ने घोषणा गरेका छन् ।

नेपाली कांग्रेसको तर्फबाट लिखु गाउँपालिकाको अध्यक्षमा निर्वाचित श्रेष्ठले आफूलाई राज्यले तलव तथा भत्तावापत प्राप्त हुने रकम लिखु गाउँपालिकाभित्रका दलित बालबालिकाको उच्च शिक्षा को लागि छात्रवृत्तिवापत प्रदान गर्ने घोषणा गरेका हुन् । दलित विद्यार्थीहरुको उच्च शिक्षामा पहुँच बढाउनको लागि श्रेष्ठको अभियान सहयोगी हुने नेपाली कांग्रेस क्षेत्र नं। २ का क्षेत्रीय सचिव रामजी पौडेलले बताए । आर्थिक अवस्था कमजोर भएका दलित विद्यार्थीको उच्च शिक्षा अध्ययनको लागि श्रेष्ठले वार्षिक दश हजार रुपैयाँका दरले प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए ।

यस अघि २०४९ र २०५४ सालमा चौघडा गाविसको अध्यक्ष हुँदा पनि श्रेष्ठले तलव भत्ता विकास निर्माणमा खर्च गर्दै आएका थिए । स्थानीय निकायको निर्वाचनमा पनि श्रेष्ठले चौघडा गाविसबाट विजयी भएका थिए ।

लिखु गाउँपालिका खानीगाउँ, सुर्यमति, चौघडा, थानसिं गाविसलाई मिलाएर नयाँ गाउँपालिका घोषणा गरिएको हो । लिखु गाउँपालिकामा एमालेको बहुमत भएपनि अध्यक्ष पद भने नेपाली कांग्रेसले जितेको हो । उपाध्यक्षमा नेकपा एमालेका रहेका छन् । स्थानीय तहको निर्वाचनमा पनि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका श्रेष्ठ नेकपा एमाले प्रदिप पाठक सुमनलाई हराउँदै गाउँपालिकाका अध्यक्ष बनेका हुन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१