आर्थिक वर्षमा पाँच लाख २७ हजार ८१४ जना वैदेशिक रोजगारीमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ श्रावण २०७१, शुक्रबार ०५:३८

काठमाडौँ,१६ साउन  । देशमा पर्याप्त रोजगारीको अवसर नहुँदा वैदेशिक रोजगारीमा विभिन्न मुलुकमा जाने नेपालीको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ । आर्थिक वर्ष २०५०/५१मा तीन हजार ६०५ जनामात्रै वैदेशिक रोजगारीमा गएकामा पछिल्लो आव २०७०/०७१ सम्म आइपुग्दा त्यो सङ्ख्या पाँच लाख २७ हजार ८१४ जना पुगेको छ ।rojgar

गएको आव २०७० साउन १ देखि २०७१ असार मसान्तसम्म बिदेसिनेमध्ये चार लाख ९८ हजार ४४६ जना पुरुष र २९ हजार ३६८ जना महिला रहेका छन् । आव २०६९/७० मा चार लाख ५३ हजार ५४३ जना वैदेशिक रोजगारीमा गएकामा गएको आवमा ७४ हजार २७१ जनाभन्दा बढी वैदेशिक रोजगारीमा गएका हुन् ।

गएको आर्थिक वर्षमा सबैभन्दा बढी असार महिनामा ६१ हजार ७१७ जना वैदेशिक रोजगारीमा गएका छन् भने सबैभन्दा कम भदौ महिनामा २४ हजार १६४ जना वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगारीमा जानेको तथ्याङ्कअनुसार औसतमा प्रतिमहिना ४३ हजार ९८४ रहेको छ भने प्रत्येक दिन एक हजार ४४६ नेपाली बिदेसिने गरेका छन् ।

गत आवमा साउनमा ४५ हजार ९३७ जना र भदौमा २४ हजार २१४ जना, असोज महिनामा ३१ हजार ९५९ जना, कात्तिकमा ३१ हजार ९४९ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । त्यसैगरी मङ्सिरमा ४१ हजार ६३४ जना, पुसमा ५० हजार ३२ जना, माघमा ३७ हजार २८५ जना, फागुनमा ४८ हजार ५५२ जना, र चैतमा ४५ हजार ८५४ जना, वैशाखमा ५४ हजार १७३, जेठमा ५४ हजार ९२६ र असारमा ६१ हजार ७१७ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।

विभागका प्रवक्ता कार्की देशमा पर्याप्त रोजगारीको अवसर सिर्जना नहुनु, छिमेकीको देखासिकीले उत्प्रेरित हुनु र गन्तव्य मुलुकबाट रोजगारीको ठूलो सङ्ख्यामा माग हुनुले बिदेसिने सङ्ख्या बढेको बताए । वैदेशिक रोजगार व्यवसायी पदमराज पौडेल नेपालमा राजनीतिक अस्थिरता बढ्नु र विश्व श्रम बजारमा रोगजारीको अवसर बढ्दै जानु बिदेसिने कारण रहेको वताउछन् ।

पछिल्लो समय नेपाली कामदारहरू दक्ष हुँदै गए पनि नेपाली कामदारलाई अदक्ष ठान्ने सरकारी नीतिका कारण दक्ष र प्राविधिक क्षेत्रका कामदारहरू सहज रूपमा वैदेशिक रोजगारीमा जान नपाएको उनि बताउछन् । वैदेशिक रोजगार विभागमार्फत रोजगारका लागि स्वीकृत लिएर जानेको सङ्ख्या पाँच लाख २७ हजार ८१४ जना भए पनि विभागको स्वीकृत बेगर जाने, पढ्नका लागि भनेर गएर काम गरेर बस्ने र भारतीय भूमि भएर जाने नेपाली कामदारको सङ्ख्या पनि उल्लेख्य मात्रामा रहेको विभागका प्रवक्ता बद्रीकुमार कार्की बताउछन् ।

वैदेशिक रोजगारीका लागि भारत हुँदै बर्सेनि करिब एक लाख नेपाली कामदार जाने अनुमान गरिए पनि उनीहरूको विवरण नेपाल सरकारसँग छैन । विशेषगरी नेपाली महिला कामदारलाई खाडीलगायतका देशमा रोजगारीका लागि कडाइ गरेकाले दलालहरूले भारत हुँदै ती मुलुकमा महिलालाई ओसारपसार गरिरहेका छन् । – रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०