नेपाल पुलिस क्लबले पूर्वाञ्चल विकास क्षेत्रलाई नौ विकेटले पराजित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ जेष्ठ २०७४, शुक्रबार ०६:५२

काठमाडौँ । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल पुलिस क्लबले पूर्वाञ्चल विकास क्षेत्रलाई नौ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवी मैदानमा टस जितेर ब्याटिङ गरेर पूर्वाञ्चल ३७ दशमलव एक ओभरमा १०४ रन बनाउँदै अलआउट भयो । एक सय ५ रनको विजय लक्ष्य पुलिस क्लबले १७ दशमलव एक ओभरमा एक विकेट गुमाउँदै भेट्टायो ।

पुलिसका लागि सुनिल धमालाले अर्धसतक प्रहार गरे । उनले ४९ बलमा तीन छक्का र तीन चौकाको मद्दतमा ५२ रन बनाए । त्यस्तै दीलिप नाथले ३६ तथा अमित श्रेष्ठले सात रन जोडे ।

बलिङतर्फ पूर्वाञ्चलका सिद्वान्त लोहनीले तीन विकेट लिए । त्यसैगरी ललित भण्डारी र सुशील कँडेलले समान दुई–दुई विकेट लिए भने कुशल भुर्तेल र मन्जीत श्रेष्ठले एक–एक विकेट लिए ।

त्यसअघि पूर्वाञ्चलका लागि मेहबुब आलमले ४० तथा अमल दासले १३ रन बनाए । आजको खेलका उत्कष्ट खेलाडी पुलिस क्लबका सुनिल धमाला घोषित भए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१