हिमालयन ट्राभल मार्टमा सहभागिहरु आउन थाले

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ जेष्ठ २०७४, बिहीबार ०७:००

काठमाडौं,११  जेठ ।  जुन १ देखि ४ सम्म राजधानी काठमाडौंमा आयोजना हुन गइरहेको हिमालयन ट्राभल मार्टमा सहभागिहरु आउने क्रम शुरु भएको छ । बिभिन्न देशबाट करीब १ सय जना सहभागिहरुको आगमन भइसकेको छ । यस मार्टमा बेलायत,अमेरिका,भारत,दक्षिण अमेरकिा,चीन, सिगापुर,श्रीलंका,कोरिया लगायत देशरुबाट सहभागी रहेका छन् । ब्लगरहरु, क्रेताहरु,बिक्रेताहरु नेपालको कला,संस्कृति,प्राकृतिक सुन्दरताको अबलोकन गर्न पनौती,चितवन,पोखरा,लुम्बिनी भ्रमणमा निस्की सकेका छन् । बिभिन्न देशबाट मार्टमा सहभागिरुको आगमनस“गै हिमालयन ट्राभल मार्टको रौनकता थपिएको छ । यस मार्टमा ९३ जना ब्लगरहरु, ७० जना क्रेताहरु, ४५ जना बिक्रेताहरु र प्रख्यात बक्ताहरुको सहभागिता रहने छ । महाबिनाशकारी भूकम्प र नाकाबन्दीले थिलथिलो पारेको पर्यटन उद्योगलाई यस हिमालयन ट्राभल मार्टले बिश्वबजारमा नेपालको पर्यटनको चर्चा र बहस हुने कार्यकारी आयोजक पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले जानकारी दिए । नेपालमा अन्र्राष्ट्रिय स्तरको पर्यटन इभेन्ट पहिलो पटक हुन गइरहेकोले नेपाली पर्यटन उद्योगको हिमालयन ट्राभल मार्ट कोशे ढुंगा हुने पर्यटन बिज्ञहरुले आशा गरेका छन् । यस मार्टको होस्ट नेपाल सरकार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ भने आयोजक नेपाल पर्यटन बोर्ड र कार्यकारी आयोजक पाटा नेपाल च्याप्टर रहेको छ । पर्यटनस“ग आबद्ध सबै संघ संस्थाहरुले आबद्धता जनाइसकेका छन् । यस मार्टमा ब्लगर र मिडियाको सम्मेलन र क्रेता र बिक्रेताबीचको सम्मेलनका आर्कषक पक्ष हुने छन् । हिमालयन ट्राभल मार्टबाट नेपाली पर्यटनको प्रोडक्टलाई बिश्व बजारमा कसरी आधुनिक शैलीमा बेच्न सकिन्छ भन्ने जानकारी मिल्ने पाटाका अध्यक्ष सुमन पाण्डे बताए । नेपाल हिमालयको प्रबेशद्धार हो भन्ने कुरालाई यस मार्टले पुष्टि गर्ने आयोजकले जानकारी दिएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ४, २०८१