अभिनेत्री ऐश्वर्या राय बच्चनको ड्रेसअपलाई लिएर निकै आलोचना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० जेष्ठ २०७४, बुधबार ०६:१०

काठमाडौँ । कान्स फिल्म महोत्सवमा अभिनेत्री ऐश्वर्या राय बच्चनको ड्रेसअपलाई लिएर निकै आलोचना भयो । अनेक कुरा काटिए । त्यसो त केही वर्षयाताका हरेक कान्स फिल्म महोत्सवमा उनको चर्चा हुँदै आएको छ ।

अघिल्लो वर्ष जामुन रंगको लिपस्टिक लगाएर रेड कार्पेटमा उपस्थित भएकी उनीबारे मिश्रित प्रतिक्रिया आएको थियो । यसपटक भने उनको गाउनलाई लिएर मजाक नै बढी उँडाइयो । अति नै आलोचना भएपछि ऐश्वर्या चुप लागेर बस्न सकिनन् र बोल्न बाध्य भइन् ।

उनले कान्सको भिडियो च्याट सेवा ९फेसटाइम०ले गरेको एक साक्षात्कारमा भनिन्, ‘मैले कहिल्यै पनि आफ्नो अस्तित्वलाई केन्द्रमा राख्ने गरेको छैन । म एक सार्वजनिक व्यक्तित्व हुँ, त्यसैले म बुझ्छु कि सामाजिक सञ्जालमा हरेक व्यक्तिका आफ्ना अभिव्यक्ति हुन्छन् ।

म सार्वजनिक मञ्चमा छु, त्यसैले धेरै अभिव्यक्ति आउँछन् ।’ उनले सकारात्मक र नकारात्मक रूपमा आउने प्रतिक्रिया तथा आलोचनाले पनि आफूलाई उत्साहित बनाउने बताइन् । उनले ठानेकी छिन्, आफूप्रति प्रेम दर्शाउनेले नै आलोचना पनि गर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०