म साइकलमा स्कुल जान्थेँ : चोपडा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० जेष्ठ २०७४, बुधबार ०६:०५

एजेन्सी । परिणीति चोपडा हालै ‘वुमन सेल्फ डिफेन्स ग्रेजुएसन डे’ कार्यक्रममा सहभागी भइन् । यो अवसरमा उनले आफ्नो बाल्यकाल सम्झिइन् । उनले साइकल चढेर स्कुल जाँदाका केही घटना पनि सुनाइन् । उनले भनिन् :

म साइकलमा स्कुल जान्थेँ । यो मेरो बाध्यता थियो । घरबाट स्कुलसम्म पुग्ने दूरी लामो थियो । साइकलमा स्कुल जाँदा बाटोमा केटाहरूले तनाव निम्त्याउँथे । अनावश्यक रूपमा जिस्क्याउँथे । कतिपय केटाले त स्कर्ट तान्ने कोसिस पनि गर्थे । यस्ता घटनाले निकै असुरक्षित र पीडा महसुस हुन्थ्यो ।

मैले घरमा यो कुरा भन्थेँ । अभिभावकले यस्ता समस्याबाट बच्न र आफूलाई कमजोर महसुस नगर्न सुझाब दिनुहुन्थ्यो । त्यसपछि मलाई केही परसम्म पुर्याउन बुबा पनि साइकलमै जान थाल्नुभयो । तर, बुबाविना बाटो हिँड्दा केटाहरूले उही हर्कत देखाउँथे । सधैँ अभिभावक साथ लिएर यताउता हिँड्न पनि सम्भव हुँदैनथ्यो ।

हरेक महिलाले जीवनमा यस्ता चुनौती सामना गर्नुपर्ने अवस्था छ । तर, सबैले आफूलाई सुरक्षित राख्दै सफलताको बाटोमा अगाडि बढ्न जरुरी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१