कन्हैयाले पुरा गराए विरगंज वासीको सपना पुरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ जेष्ठ २०७४, मंगलवार १८:५४

प्रविण टिबडेवाल/रौतहट ९ जेठ । सरकारको समय अवधि समाफत हुन लागेको बेला प्रधानमन्त्री पुष्पकमल दहाल नेतृत्तवको सरकारमा सहभागी भएको मधेशी जनअधिकार फोरम लोक्तान्त्रिक पार्टिका अध्यक्ष र उपप्रधान तथा संघिय मामिला तथा स्थानिय विकास मन्त्री विजय कुमार गच्छदारका स्वकीय सचिव कन्हैया ठाकुरले विरगंजलाई महानगरपालिका बनाएर छाडेका छन ।
पार्टि सरकारमा सहभागी भएकै बेला विरगंजलाई महानगरपालिका बनाउन प्रयत्न गरेका उपप्रधानमन्त्री विजय कुमार गच्छदारका स्वकिय सचिव कन्हैया ठाकुरले गर्दा विरगंजवासीको सपना पुरा भएको छ ।
सरकारमा सहभागी भएको भोली पल्ट विभिन्न सन्चारमाध्यम र समाजिक सन्जाल मार्फत विरगंजलाई महानगरपालिका बनाउने अभिव्यक्ति दिएका ठाकुरको करिब १० दिनको मेहन्तले आज विरगंज महानगरपालिका घोषणा भएको छ ।
विरगंज घर भई राजनितिक क्षेत्रका माहिर खेलाडिका रुपमा चर्चित उपप्रधानमन्त्री विजय कुमार गच्छदारको लामो समय देखि स्वकीय सचिव रहदै आएका कन्हैया ठाकुरको यो एकल प्रयासलाई सम्पूर्ण विरगंजबासीले सरहाना गरेका छन् ।
संचारकर्मी प्रविण टिबडेवाल संगको कुराकानीमा ठाकुरले विरगंज आफ्नो जन्म स्थान समेत भएकोले महानगरपालिका घोषणा हुदैमा आफ्नो जिम्मेवारी पुरा नभएको भन्दै सो स्थानको विकास पनि आफ्नो प्रमुख जिम्मेवारी रहेकोले विरगंज लगायत सम्पूर्ण मधेशको विकासका लागी आफु अब उपरान्त पनि सक्रिय रुपमा लागी रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१