गाई चिन्ह कै कारण राप्रपाको हार सुनिश्चित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ जेष्ठ २०७४, मंगलवार १८:५१

नेपालगन्ज, ९ जेठ  ।  वैशाख ३१ गते भएको स्थानीय निकायको निर्वाचनमा लजास्पद हार व्यहोरेको राष्ट्रीय प्रजातन्त्र पार्टी बाँकेको पनि उज्यालो भविष्य नभएको एकीकृत राप्रपा राष्ट्रवादी पार्टी राष्ट्रवादीको बुझाईछ ।
प्रदेश नं. ३, ४ र ६ मा राप्रपाले चुनाव चिन्ह गाई भएको कारण हारको सामना गर्नु परेको राप्रपाकै नेताहरुको भनाई आइरहेको अवस्थामा तराई क्षेत्रमा अधिकांश मुस्लिम समुदायका बाहुल्यता हुनुको साथै ईसाइ धर्म मान्ने समुदायहरुले कुनै पनि हालतमा गाईमा छाप नलगाउने चर्चासँगै नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाको हार दिनप्रति दिन बढ्दै गएको व्यापक चर्चा समेत हुन थालेको छ ।
एराप्रपा राष्ट्रवादीका केन्द्रिय सदस्यहरु भन्छन् वुंदागत रुपमै राप्रपा बाँकेको पनि भविष्य उज्यालो छैन । देशभरी लजास्पद हार व्यहोरे पनि बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाले सबैभन्दा राम्रो भनेपनि जित्ने आधार सकिएको बुझाई पाइएको छ ।
वुंदागत रुपमै पार्टी फुट्यो, डा. प्रकाश चन्द्र लोहनी, केशर बहादुर विष्टजस्ता विद्धवान व्यक्तिलाई समेट्न नसक्नु, हिन्दु राष्ट्र र राजसंस्थाबारे अडान नहुनु, पटक–पटक विना कारण अवसर लुट्न सरकारमा सहभागि हुनु, मधेश मुद्दामा स्पष्ट धारणा राख्न नसक्नु, पुराना कार्यकर्तालाई सदुपयोगगर्न नसक्नु, जस्ता करणले देश भरि राप्रपाको हालबिहाल भयो, बाँकेमा पनि त्यहि हुन्छ । पुर्व मेयर भएर चर्चा कमाएपनि अहिले सम्रग पार्टी र आफ्नै कारणले पनि यस पटक मेयरमा पराजित देखिएको छ । एराप्रपा केन्द्रिय सदस्य तेज नारायण कंडेल भन्छन–कुनैदिन धवल शम्शेर राणाको नजिकको इमानदार कार्यकर्ता थिए । तर पार्टी भित्र फरक मत राख्दा अन्त्यमा म मात्रै होइन म जस्ता धेरै कार्यकर्तालाई पाखा लगाउने महामन्त्रीको बानी भइसक्यो । त्यसैमा मधेशी मुस्लिम जस्ता ठुलो संख्याका समुदायलाई पनि समेट्न सकेका छैनन् ।
राप्रपाबाट फुटेको डा. प्रकाशचन्द्र लोहनीको एकीकृत राष्ट्रिय प्रजातन्त्र राष्ट्रवादीपार्टीको सबैभन्दा बलियो जिल्ला बाँके मानिन्छ । यसमा खरेलसंगै नेपालगन्जमा राम्रा छवि बनाएका उदय सिंह श्रेष्ठ, तेज नारायण कंडेल जस्ता धेरै व्यक्ति सक्रिय छन् । २७ बर्षदेखि लामो समयसम्म राजनीतिमा सक्रिय रहेका एकीकृत राष्ट्रिय प्रजातन्त्र राष्ट्रवादी पार्टीको तर्फबाट कृष्ण प्रसाद खरेल मेयर पदमा उम्मेदवारी दिने भएका छन् ।
जसको कारण धवल सम्शेरलाई ठुलो घाटा हुने देखिन्छ । कंडेल भन्छन्–जनताले नयाँ अनुहार खोजिरहेका छन, अन्य मेयर पदका उम्मेदवार भन्दा खरेल कम छैनन, पछि विस्तार भएको गाउँ–गाउँमा पनि खरेलको राम्रो छ, त्यस अर्थमा हाम्रो जित सुनिश्चित छ । सम्पुर्ण जिल्लाबासीहरुले दिएको माया सल्लाह सुझावलाई आत्मसाथ गर्दै हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दा तथा भ्रष्टाचार मुक्त
मुलुक बनाउने हाम्रो पाईला सधै लम्किरहन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०