गेट टुगेदर र पार्टीको नाममा युवा पुस्ताहरु होटलको बन्द कॊठा भित्र गलत कार्यमा फस्दै – सुर्य चन्द

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ जेष्ठ २०७४, मंगलवार ०६:२२

काठमाडौँ ।   डिस्को, बार, गेट टुगेदर र रमाइलो पार्टीको नाममा युवा पुस्ताहरु रिसोर्ट होटलको बन्द कॊठा भित्र बसेर गलत कार्यमा फस्दै गरेका एक अध्ययनलेबताएको छ ।   स्वतन्त्रता हाम्रो नर्सैगिक अधिकार हो, हामीलाई हाम्रो जिबन स्वतन्त्र संग जिउने अधिकार पनि छ र स्वतन्त्र संग जिउन पाउनु पनि पर्छ । प्रसङ्ग यहाँअहिलेका युवा जमातहरु, किशोर किशोरीहरु कुनै पनि बहानामा डिस्को, बार, गेट टुगेदर र रमाइलो पार्टीको नाममा युवा पुस्ताहरु रिसोर्ट होटलको बन्द कॊठा भित्र गएरमदिरा र जवानीको कुलतमा फस्दै नराम्रो बाटोमा त हिडिरहेका छैनन ?  हामीले हाम्रो छोरा छोरी, दाजु भाइ, दिदि बहिनि माथि पूर्ण विश्वास गरेर उनीहरुलाई आफ्नोनिगरानी भित्र राख्न नसक्दा अहिलेका किशोर किशोरीहरुको जिबन कुलत तथा अन्धकारको दल दल तिर त फस्दै गएको छ l कम्बाइण्ड स्टडी, बर्थ डे पार्टी, रमाइलोभेटघाट जस्ता विभिन्न तरिकाले अहिलेका पुस्ता आफुलाई रमाइलो गर्न, कुलत बाटोमा फस्न, तथा जवानीको प्यास मेटाउन होटेल र रिसोर्टको कोठा भित्र सुरक्षित महसुसगर्दै दिन र रातमा विभिन्न होटेल र रिसोर्टमा पुग्ने गरेका छन ।

शहरी रात्री जिबनको जहा दैनिक सयौ युवा युवतीले आफ्नो भबिष्यलाइ अध्यारो तर्फ धकेली रहेका छन सयौले आफ्नो अश्मिता लुटाईरहेका छन, क्षणीक मनोरंजन प्राप्तगर्नको लागि मदिरामा लट्ठ भएर । शहरी क्षेत्रमा खुलेका दर्जनौ बार डिस्कोको कारणले कतै हाम्रो छोरा छोरिको भबिष्य त अन्धाकारमा धकेलेको त छैन ? बार डिस्कोमापनि एउटा मापदण्ड हुन जरुरि छ यो बिषयमा सरोकार वालाहरुले सोच्न जरुरत पनि छ । तर हाम्रो देशमा त चौध बर्षको किशोर किशोरीहरु पनि बारमा बसेर मदिरा रधुम्रपानमा लट्ठ पर्दै आफ्नो यौबन देखाई रहेका छन । बार डिस्कोमा फोटो खिचेर सामाजिक संजाल फेसबुकको भित्तामा फोटो राखिने प्रचलनले गर्दा त झन अहिलेको युवापुस्ता जसरि पनि एक चोटी बार डिस्को गएर त्यहाको फोटोग्राफर बाट फोटो खिचाई आफ्नो फेसबुकमा राख्न आतुर देखिन्छन जसले गर्दा कतै हाम्रो युवा पुस्ता गलतसंगत  र गलत बाटोमा हिडेको त छैन भन्ने प्रश्न आउछ । जब रात ढल्किदै जान किशोर किशोरीहरु मदिरा अन्य नशा लाग्ने कुराहरु बाट लट्ठ पर्दै मध्यरात सम्म नशामाझुमी रहेका हुन्छन त्यस पछि होटेल र रिसोर्टको बन्द कोठा खोज्ने जमात पनि बढ्दै गएको छ l

हामी र हाम्रो समाज नराम्रो काम र कर्मको देखासिखी गर्न सबै भन्दा अगाडी छ । हिजो त्यो बाहिर साथिहरु संग गएर रमाइलो गर्यो, बारमा मदिरा खादै फोटो खिच्छ भनेआज म किन नजाने म पनि जान्छु भन्ने प्रवृति छ । सेलिब्रेटी देखि चेलीबेटीहरु सम्म आजकल बार र डिस्कोमा गएर फोटो खिचेर सामाजिक संजाल(फेसबुक, ट्विटर)माराख्ने पनि ट्रेन्ड नै चलेको छ। बार डिस्कोमा आउने ग्राहकहरुको लागि भनेर बार डिस्को संचालकहरुले फोटो खिचिदिने र फेसबुक पेजमा राखिदिने गर्दछन जसले गर्दा युवायुवतीहरु एक अर्कालाइ देखाउनको लागि मात्र भए पनि बारमा जाने र मदिरा र धुम्रपानमा झुम्ने गर्दछन । अहिले शहरमा कोहि देखासेखीको लागि त कोहि आफ्नोमनोरंजनको लागि दैनिक सयौ युवा युवतीहरु रात्री जिबन बार डिस्कोमा जाने गर्छन र बार डिस्कोमा जाने होडबाजीनै चलेको छ ।

सेलिब्रेटी,मोडल देखि धनाड्य घरानाका व्यक्तिहरु बार डिस्कोमा गएर मस्त हुने प्रचलन नया होइन तर अहिले उनै सेलिब्रेटी, मोडल, धनाड्यहरुको नक्कल गर्दै सामान्यघर परिवारका युवा युवतीहरु गलत संगत र ट्रेन्डमा फस्दै गएका छन । भर्खर टिन एज प्रवेश गरेका देखि लिएर बुढा बुढी भइसकेका सम्म अहिले रत्रिजिबनको बारडिस्कोमा गएर मदिरा पिउदै र धुम्रपान गर्दै फोटो खिच्न लालाइत देखिन्छन र आफु हिजो रति यो ठाउमा थिए भनेर देखाउन अनि बारको लोगो सहितको फोटो आफ्नोफेसबुकमा राख्न आतुर हुन्छन । जसले गर्दा सामान्य घर परिवारका युवा युवतीहरु पनि आफ्नो साथी सर्कलमा देखाउनको लागि भए पनि बार डिस्को जाने र फोटोखिच्ने अनि गेट टुगेदर गर्ने रात बिताउने र आफ्नो फेसबुकमा राख्ने गलत ट्रेन्ड बस्दै गएको छ ।

यसको अर्थ सामान्य घर परिवारको युवा युवती बार डिस्को अनि कहिँ कतै जानु हुन्न भनेको होइन तर सामान्य घर परिवारको युवा युवतीहरु देखासेखी गर्नको लागिभएनि गलत काम गर्न गलत संगतमा फस्दै गएका छन । आफुलाई मोडल र सेलिब्रेटी जस्तो देखाउन अहिलेको युवा पुस्ता जस्तो सुकै काम गर्न नि पछि नहट्ने एकअध्ययनले देखाएको छ । यसका लागि अबिभाबकहरुले बेलैमा सोच्नु पर्ने अबस्था आएको छ, आफ्नो छोरा छोरीहरु कुन बाटोमा हिड्दैछन बेलुका कहा जादैछन के गर्दैछनभनेर कहिँ सेलिब्रेटी र मोडल जस्तो देखिन गलत संगत र गलत बाटोमा त छैनन् बेलैमा सोच्नुहोस ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०