प्रधानमन्त्री दाहाल (प्रचण्ड) ले आज पदबाट राजीनामा दिदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ जेष्ठ २०७४, मंगलवार ०५:५६

काठमाडौं,९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले आज  पदबाट राजीनामा दिन लागेको पार्टीको वैठकमा जानकारी गराएका छन् ।

बालुवाटारमा सोमबार बसेको माओवादीको केन्द्रीय कार्यालय बैठकमा प्रधानमन्त्रीले सो जानकारी गराएका हुन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

उक्त जानकारीपछि अन्य नेताहरुले कांग्रेससँगको सहमतिअनुसार पद छोड्नु नै उपयुक्त हुने सुझाव दिएका थिए ।

माओवादी केन्द्रका एक नेताले भने, ‘प्रधानमन्त्रीले खल्तीमा राजीनामा लिएर हिँड्नुभएको छ । शेर बहादुर देउवाले जहिले छोड भन्नुहुन्छ त्यहि दिन प्रधानमन्त्री छोड्न तयार हुनुहुन्छ । कुनै विशेष घटनाक्रम भएन भने प्रधानमन्त्रीले १० गते राजीनामा दिनुहुनेछ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०