बलिउड अभिनेत्री कंगना रनावत अब ८० बर्षकी वृद्धा बन्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ जेष्ठ २०७४, सोमबार १७:५०

एजेन्सी   । बलिउड अभिनेत्री कंगना रनावत अब ८० बर्षकी वृद्धा बन्ने भएकी छिन् । खबर अनुसार कंगना आफैले निर्देशन गर्न लागेको फिल्म तेजुमा मा ८० बर्षकी वृद्धा बन्न लागेकी हुन् । जसको कथा पनि कंगना आफैले लेखेको बताइएको छ ।

कंगनाले यस्तो बृद्धाको भूमिकामा काम गर्दैछिन्, जो मृत्युको मुखमा पुग्ने बेलामा मर्न नै चाहन्नन् र अझै जिउन चाहन्छिन् । उनले भनेकी छिन् ‘म वृद्ध मानिसहरुको विचबाट हुर्किएकी हुँ र उनीहरुको बारेमा यस्ता कैयौ कुराहरु मैले देखेकी छु, जुन आम मानिसले नदेखेको पनि हुनसक्छ ।’ कंगनाले आफू मात्र रिबन काटेर जिन्दगी जिउन नचाहने बताउदै काम गर्न लागेको बताएकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१