राम्रोसँग नसोची विवाहको निर्णय लिगेकोमा गल्ती गरे : नायिका मनिषा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ जेष्ठ २०७४, सोमबार १७:३०

एजेन्सी।  नायिका मनिषा कोइरालाले सात वर्ष पहिले निकै हतारमा गरेको विवाहको निर्णयमा अफसोस जताउँदै राम्रोसँग नसोची विवाहको निर्णयमा पुगेकाले आफुले निकै गल्ती गरेको बताएकी छिन् । भरतीय मिडियासँग कुरा गर्दै मनिषाले विवाह गरेको कुरामा पछुतो भएको तर यसको जिम्मेवार आँफुले आफुलाई नै ठानेको बताएकी छिन् ।

उनले भनेकी छिन् हो, म आफ्नो विवाहको निर्णयलाई गलत मान्छु । यो कुराको पूरा जिम्मेवारी म आफैं लिन्छु किनभने उक्त विवाह मैले निकै हतारमा गरेकी थिएँ । यस विषयमा मैले निकै सोच विचार गर्नु पर्दथ्यो जुन मैले गरिनँ ।

म यसबारे योभन्दा बढि केही पनि भन्न सक्दिनँ ।’ निकै पश्चातमा परेको बताएकी छिन् । पछिल्लो समय मनिषा निर्देशक सुनैना भटनागरको निर्देशनमा तयार भएको फिल्म डियर मायामा खेलेकी छिन् ।फिल्म जून २ तारिखमा रिलिज हुँदैछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०