प्रधानमन्त्री दाहालले आज पदबाट राजीनामा देलान ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ जेष्ठ २०७४, सोमबार ०५:५०

काठमाडौ, ८ जेठ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दल नेपाली कांग्रेससँगको पूर्व सहमतिअनुसार आज पदबाट राजीनामा दिने तयारी गरेका छन् ।
गत बर्ष साउन १९ गते दोस्रो पटक प्रधानमन्त्रीका रुपमा निर्वाचित दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवावीच स्थानीय तहको निर्वाचनपछि देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने भद्र सहमति भएको थियो ।
त्यहि सहमति अनुसार स्थानीय तहको निर्वाचन सम्पन्न भैसकेको र अर्को चरणका लागि जेठ ३१ का लागि समेत मिति तोकिसकिएकाले सहमतिको कार्यान्वयन गर्दै प्रचण्डले राजिनामा दिन दिने तयारीमा जुटेका हुन् ।
पछिल्लो पटक झन्डै साढे नौ महिना सरकार चलाएका प्रचण्ड कार्यकालमा २० बर्षपछि स्थानीय तहको निर्वाचन गर्नसक्नु नै सबैभन्दा ठुलो उपलव्धिका रुपमा हेरिएको छ ।
त्यस्तै प्रचण्ड कार्यकालमै मुलुककै प्रतिष्ठाको विषय बनेको काठमाडौ तराई फास्टट्रयाक नेपाल आफैले बनाउने योजना अनुसार नेपाली सेनालाई जिम्मा दिइसकेको छ ।
प्रचण्ड नेतृत्वको सरकारका पालामा धेरै सकारात्मक काम भएपनि केही काम र निर्णय भने विवादरहित बन्न सकेनन् । आइजीपी नियुक्ति, प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव दर्ता, प्रतिपक्षीको सहमतिविनै संविधान संशोधनको प्रयास लगायतका विषय भने प्रचण्ड कार्यकालका लागि आलोचनाका विषय बन्न पुगे ।
यद्यपी मधेस केन्द्रीत दलहरुको दवाव र प्रतिपक्ष एमालेको असहयोगकाबीच प्रधानमन्त्री दहालको साढे नौ महिने कार्यकालमा अन्य धेरै सकारात्मक कामहरु नभएका भने होइनन् । मुलुकबाट लोडसेडिङको अन्त्य गर्नु प्रचण्ड नेतृत्व सरकारको अर्को महत्वपुर्ण उपलव्धिका रुपमा रहेको छ ।
प्रचण्डले आफ्नो कार्यकालमा भएगरेका यिनै कार्यप्रगति संसदमा जानकारी गराउने बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१