सुपरजायन्टसलाई एक रनले हराउँदै मुम्बई इन्डियन्सले तेस्रो पटक उपाधिमाथि कब्जा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ जेष्ठ २०७४, सोमबार ०५:४४

हैदरावाद । आइपिएलको १० औँ सिजनको फाइनलमा पुणे सुपरजायन्टसलाई एक रनले हराउँदै मुम्बई इन्डियन्सले तेस्रो पटक उपाधिमाथि कब्जा जमाएको छ ।
यसअघि सन् २०१३ र २०१५ मा मुम्बईले आइपिएलको उपाधि जितेको थियो ।

अन्तिम ओभरमा १३ रनको आवश्यकता रहेकोमा मिचेल जोनसनले लगातार दुई बलमा मनोज तिवारी र कप्तान स्टिभ स्मिथलाई आउट गर्दै मुम्बईको जीत सुनिश्चित गरे ।

अन्तिम बलमा तीन रन आवश्यक रहेकोमा ड्यानिल क्रिस्टियन २ रन बनाउँदै रन आउट हुन पुगे ।

यसअघि यो सिजन तीनवटा खेलमा पुणेसँग पराजित भएको मुम्बईले पहिलो पटक पुणेलाई हराएको हो ।

जितका लागि १३० रन आवश्यक रहेकोमा पुणेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै मात्र १२८ रन बनाउन सक्यो ।

कप्तान स्मिथले ५१ रन बनाए भने ओपनर अजिंका रहाणेले ४४ रनको योगदान दिए पनि मुम्बईले प्रस्तुत गरेको मध्यम स्कोर पछ्याउन सकेन ।

मिचेल जोनसनले ३ तथा महेन्द्र सिंह धोनीको महत्वपूर्ण विकेटसँगै जस्प्रित बुमराहले २ विकेट लिएपछि पुणे पहिलो उपाधि जित्नबाट बञ्चित रह्यो ।

यसअघि पुणेको कसिलो बलिङ सामु मुम्बईले ८ विकेट गुमाउँदै १२९ रन बनाएको थियो ।

मुम्बईका लागि क्रुनाल पाण्डेयले सर्वाधिक ४७ रनको योगदान दिए ।
पुणेका लागि जयदेव उनडकाट, एडम जाम्पा र ड्यानिल क्रिस्टियनले २–२ विकेट लिए ।

यस सिजन हैदराबादका डेभिड वार्नरले सर्वाधिक ६४१ रन बनाए भने हैदराबादकै भुवनेश्वर कुमारले सर्वाधिक २६ विकेट लिन सफल रहे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१