आजको चक्रपथ सफाई अभियानबाट २५ टन फोहर संकलन (फोटो फिचर सहित )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ जेष्ठ २०७४, शनिबार २०:०५

कठमाडौ । चक्रपथ सफाइ अभियान प्रारंभ भएको छैठौ हप्ता आज शनिबार दुई घण्टा भएको चक्रपथ सफाइ अभियानबाट २५ टन भन्दा बढी फोहर संकलन भएको छ ।
बसुन्धरा नजिकै चिरायु अस्पतालबाट प्रारंभ भएको फोहर संकलन अभियानमा काठमाडौ महानगरपालिका , टोखा नगरपालिका , लायन्स क्लब , ग्रिनसिटी अस्पताल, यतिहेल्थ साइन्स एकेडेमी, आमा समुह होटल ब्यबसायी संघ , पत्रकार , कलाकार रानीबारी समाज राधे राधे लगायत बिभिन्न सघसस्था टोलसुधार समिति , उृपभोक्ता समितिका प्रतिनिधिहरु फोहर संकलन अभियानमा सहभागी भएका थिए ।
चक्रपथको वरिपरि बढदै गएको फोहरलाई ध्यानमा राखी चmक्रपथ सफाई अभियानलाई तीब्रता दिइएको छ । ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनको सयोजकत्वमा सचालित चक्रपथ सफाइ अभियानमा टाढा टाढाबाट सहभागी भएर स्थानीय नागरकहरुलाई आआपनो घर अगाडि आफै सफा गर्न र कसैले पनि फोहर फालेमा कारबाही गर्नका लागि सन्देश दिने महत्वपुर्ण उद्धेश्य रहेको छ ।
सफाई अभियानमा सहभागी हुनेहरुले पहिलो चरणको निर्बाचन सम्पन्न भैसकेको र अब जनताका प्रतिनिधिले शहर , नगर ,टोल सफा गर्ने र बिकासका लागि प्राथमिकता दिने बिश्वास ब्यक्त गरेका छन ।
चक्रपथ सफाइ अभियानका सयोजक एवं गिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले चक्रपथको फोहर संकलन अभियानलाई तीब्रताका साथ अगाडि बढाइएको र यो अभियान कसैको सहयोग वा प्रायोजनमा नभएर स्वस्फुर्त रुपमा नागरिकहरुको सक्रियतामा भैहरहेको उल्लेख गर्नुभएको छ । उहाले चुनाबी माहोलमा पनि जसरी नागरिकहरु उत्साहका साथ फोहर संकलनमा सहभागी हुनुभएको छ त्यसले आफुहरुलाई थप उत्साहित भएको बताउनुभएको छ ।
बरिष्ठ पत्रकार टंक पन्तले चक्रपथ सफाई अभियानताहरुले प्रत्येक घरघरबाट सफाई अभियानको थालनी गर्न र आफनो वरपर पनि सफा गर्नका लागि बिशेष भुमिका खेल्न्ुपर्ने कुरामा जोड दिनुभएको छ । सफाई अभियानले स्थानीय नागरिकलाई घरघरबाटै सफाइ अभियान थाल्न प्रेरित गर्ने र सो अनुसार सबै समक्ष सन्देश पुरयाउने लक्ष्य राखेको र सोही अनुसार सहभागिता पनि बढदै गएको भन्दै बरिष्ठ पत्रकार पन्तले परिबर्तनको प्रारंभ आफैबाट गरेर देखाउन बिशेष अनुरोध गर्नुभएको छ । उहाले आपनो घर वरिपरि जसले सफा सुग्घर राख्छ त्यस्तो घरमा हरियो स्टीकर टास्ने र सफा नगर्ने घरमा रातो स्टीकर टासेर आगामी दिनमा घर आगन र घर अगाडिको सडक सफा गर्ने योजनाको बिकास टोल सुधार समिति , उपभोक्तन समिति स्वयंले गर्दा प्रभाबकारी हुने उल्लेख गर्नुभएको छ । उहाले अब यसको अगुवाई जन निर्बाचित प्रतिनिधिले गर्ने बिश्वास पनि ब्यक्त गर्नुभएको छ ।
काठमाडौ महानगर पालिकाका सचिब गोबिन्द पोख्रेलले अब कसैले आपनो घर अगाडि फोहर फालेमा वा थुपारेमा कडा भन्दा कडा कारबाही गरिने जानकारी दिदै आगामी दिन देखि आफनो घर अगाडि नागरिक स्वयंले सफा गर्ने र फोहर संकलन गर्ने महानगरको गाडी आउना साथ पठाउने बिश्वास ब्यक्त गर्नुभएको छ ।
युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक डा बिष्णु गौतम , सफाई अभियानता केशब पुडासैनी , कलाकार तिलक बस्नेतले अभियानमा आआपनो क्षेत्रबाट सबैको प्रभाबकारी सहभागिताको खाचो रहेको औल्याउनुभएको थियो भने कार्यक्रमको अन्तिममा सास्कृतिक कार्यक्रम गरी सफा स्वच्छ नगर टोलका लागि आआपनो ठाउबाट सबैलाई लाग्न र सभ्य नागरिकको पहिचान दिने खालको सन्देश दिइएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०