लायन्स क्लबद्वारा बृहत रक्तदान कार्यक्रमको आयोजना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ जेष्ठ २०७४, शनिबार १९:४९
वीरगंज । अल लायन्स क्लब अफ वीरगंज, जीतपुर र सिमराको अयोजनामा आज वीरगंजको आदर्शनगर स्थित निना कम्प्लेक्समा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लबका मल्टीपल काउन्सिल चेयरपर्सन लायन रमेश अग्रवालको प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान कार्यक्रममा ६ महिला सहित ६५ जनाले रक्तदान गरेको लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसका उपाध्यक्ष विजय कुशवाहाले जानकारी दिनुभयो । रक्तदान कार्यक्रमका अध्यक्ष लायन्स क्लब २ नम्बर एरियाका एरिया को–चिफ लायन देव चौधरीले रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । रक्तदान कार्यक्रममा भावना केसी, भगवती सिग्देल, प्रतिक्षा विष्ट, आयूष नाथ, सत्यब्रत आर्य, विजय गुप्ता लगायत ६५ जनाले रक्तदान गर्नुभएको थियो । कार्यक्रममा लायन्स क्लबका वरिष्ठ सल्लाहकार लायन देवकी नन्दन अग्रवाल, रामहरि पाण्डे, रिजन चेयर पर्सन उमेश साह कानु, जोन चेयर पर्सन राघव आचार्य, प्रजय हरलालका, लायन्स क्लब वीरगंज ग्रीन क्याम्पसका अध्यक्ष वासुदेव तिमिल्सीना, गोल्डेन स्प्यारोकी अध्यक्ष रेश्मा सर्राफ, आरती अग्रवाल, रक्त संचार केन्द्र वीरगंजका प्रमुख प्रवीण मानन्धर, मेगा बैंक नेपाल वीरगंज शाखाका प्रबन्धक दिपक श्रेष्ठ, ब्लड डोनर्स एसोसिएसन पर्साका सचिव अरविन्द सिंह, नेपाल पत्रकार महासंघ पर्साकी उपाध्यक्ष मायामितु न्यौपाने लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१