तत्काल राजीनामा नगर्ने मनस्थितमा प्रधानमन्त्री

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ जेष्ठ २०७४, शुक्रबार ०६:४४

काठमाडौं,५ जेठ । पहिलो चरणको निर्वाचनमा केही तहमा तालमेल गरेर निर्वाचनमा भाग लिएका सत्तारुढ दल र नेकपा माओवादी केन्द्रमा खटपट सुरु भएको छ ।

चुनाव तालमेल भएको चितवनको भरतपुर महानगरपालिकामा अपेक्षाअनुसारको मत परिणाम नआएपछि माओवादीले कांग्रेसले ‘बेइमानी’ गरेको निष्कर्ष निकालेको छ ।

कांग्रेस र माओवादीबीच भएको सहमतिअनुसार बैशाख ३१ गतेको पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै जेठको पहिलो साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिने बताइए पनि पहिलो साता राजीनामा नगर्ने मनस्थितमा प्रधानमन्त्री पुगेका छन् ।

प्रधानमन्त्री दाहालले जेठ १५ गते कामचलाउ बजेट घोषणा गरेर मात्र राजीनामा दिने तयारी गरेका छन् । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१