ओवामा फाउन्डेसनले सन् २०१६ मा गर्यो एक करोड ३० लाख अमेरिकी डलर सङ्कलन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ जेष्ठ २०७४, बिहीबार ०६:०६

चिकागो । ओवामा फाउन्डेसनले सन् २०१६ मा एक करोड ३० लाख अमेरिकी डलर सङ्कलन गरेको सोमबार जनाएको छ ।

फाउन्डेसनका लागि सहयोग गर्ने मध्ये सबैभन्दा धेरै एक करोड लुकास फेम्ली फाउन्डेसनले सहयोग गरेको फाउन्डेसनङरा जारी वक्तव्यमा जनाइएको छ । सो लुकास फाउन्डेसन चर्चित चलचित्र निर्माता जर्ज लुकासको हो ।

यसै महिनाको सरुतिर पूर्व राष्ट्रपति बाराक ओवामाले राष्ट्रपति केन्द्रको बनोट तयार पार्नु भएको थियो । त्यसमा तीन ओटा भवनको बनोट तयार पारिएको थियो । उहाँले त्यहा सङ्ग्राहलय, पुस्तकालय, सार्वजनिक भवन बनाउने योजना छ ।

बहुउपयोगी राष्ट्रपति केन्द्र बनाउनका लागि पूर्वराष्ट्रपति ओवामाले अभियान नै चलाउनु भएको छ ।

फाउन्डेसनको केन्द्रीय कार्यालय चिकागोमा छ । शाखा कार्यालय एउटा वासिङटनमा पनि रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१