प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिका जाँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ जेष्ठ २०७४, बुधबार ०६:३३

काठमाडौं,३ जेठ  । प्रधानसेनापति राजेन्द्र क्षत्री बुधबार (आज)  अमेरिका जाँदै छन् । प्रधानसेनापति भएपछि उनको यो दोस्रो अमेरिका भ्रमण हो ।

उनी अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमान्ड अन्तर्गत अमेरिकी आर्मी प्यासिफिकका प्रमुख जनरल रोबर्ट बी ब्राउनको औपचारिक निमन्त्रणामा त्यसतर्फ जान लागेका हुन् ।

उनको नेतृत्वमा जाने ४ सदस्यीय टोलीले जेठ १२ सम्म भ्रमण गर्ने खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०