८० बर्षीय कर्ण बहादुर खड्का त्रिपुरासुन्दरी गाउँपालिका १ को वडाध्यक्ष निर्वाचित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ जेष्ठ २०७४, बुधबार ०५:५३

सिन्धुपाल्चोक,३ जेठ  । छोरा नाति र पनाति उमेरका तीन पुस्ताका प्रतिस्पर्धीलाई हराउँदै ८० बर्षीय कर्ण बहादुर खड्का त्रिपुरासुन्दरी गाउँपालिका १ को वडाध्यक्ष निर्वाचित भएका छन् ।

उनी नेपाली कांग्रेसबाट चुनावी मैदानमा उत्रिएका थिए । आजको नागरिकमा खबर छ ।

नाति उमेरका माओवादी केन्द्रका कुमार खत्रीलाई पराजित गरी कार्णबहादुर खड्का दुई सय ७३ मतसहित विजयी भएका हुन् ।

‘धन कमाउनु छैन मर्नु अघि नाम लेखाउने लोभ थियो । मतदाताले बुढेसकालको धोको पूरा गरिदिए ।’ कर्णबहादुरले भने, ‘साँघुरा बाटा फराकिलो बनाउँछु । टोलैपिच्छे मोटरबाटो पुर्याउँछु ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०