महिला उम्मेदवारलाई राजीनामा गर्न धम्की

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ जेष्ठ २०७४, मंगलवार ०६:४०

भक्तपुर,२ जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत भक्तपुर नगरपालिकामा निर्विरोध विजयी भएकी एक दलित महिला उम्मेदवारलाई राजीनामा गर्न धम्की आएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

भक्तपुर नगरपालिका(७ मा नेपाल मजदुर किसान पार्टीका तर्फबाट दलित महिला वडा सदस्यमा निर्विरोध निर्वाचित रिजु कपालीलाई मोबाइलमार्फत राजीनामा दिन धम्की आएको हो ।

एनसेलको नम्बरबाट फोन गरी सोमबार नै राजीनामा दिन र नदिए राम्रो नहुने धम्की दिइएको नेमकिपा भक्तपुर नगरसमितिको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१