आमिरकी हिरोइन डेटिङमा रमाउँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ जेष्ठ २०७४, मंगलवार ०५:१४

चलचित्र ‘दंगल’मा गीता फोगाटको भुमिका निर्वाह गरेकी नायिका फातिमा सना सेख अहिले कार्तिक आर्यनसँग डेटिङमा रमाउँदैछिन् ।
फातीमा आफैंमा फोटोग्राफर पनि हुन् ।

उनीहरुको रोमान्स चलचित्र ‘अकाशावाणी’मा काम गर्ने क्रममा सुरु भएको थियो । त्यसो त कार्तिकको अन्य युवतिसँग पनि उत्तिकै राम्रो सम्बन्ध रहेको केही भारतीय मिडियाले उल्लेख गरेका छन् । कार्तिक अहिले ‘अतिथी इन लण्डन’ को सुटिङमा व्यस्त छन् । फातिमा आमिरकै नयाँ चलचित्र ‘ठग अफ हिन्दुस्तान’को सुटिङमा व्यस्त हुँदैछिन् ।

हैदरावादमा जन्मेकी फातिमाले सन् १९९७ मा दक्षिण भारतीय चलचित्र ‘अव्वई शनमुघी’ मा काम गरेकी थिइन् । उनले कमल हसनको ‘चाँची ४२०’ मा पनि काम गरेकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०