लसुन र प्याजको फेसप्याकः घरैमा बनाउनुस् चम्किलो अनुहार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ जेष्ठ २०७४, मंगलवार ०५:१२

सफा, मुलायम, चम्किलो अनुहार कसरी बनाउने रु यसका अनेकौ काइदा छन् । घरेलु विधिबाट पनि अनुहारलाई चम्किलो र मुलायम बनाउन सकिन्छ । धेरैले अनुहारको सौन्दर्यका लागि बेसन, गुलाब जल, घिउकुमारी, बेसार, दूध, मह जस्ता घरेलु वस्तु उपयोग गर्ने गरेका छन् । यद्यपि धेरैलाई थाहा नहुन सक्छ, प्याज र लसुनको प्रयोगबाट पनि अनुहार चम्किलो बनाउन सकिन्छ ।

प्याज र लसुन हरेकको भान्सामा सजिलै उपलब्ध हुने वस्तु हो । त्यसैले आवश्यकता अनुसार जतिबेला पनि यसको फेसप्याक बनाएर प्रयोग गर्न सकिन्छ ।
छालाको लागि वरदान प्याज

प्याजमा केही प्रकारको भिटामिन हुन्छ । यो एन्टी अक्सिडेन्टको खजाना पनि हो । यसको जुसमा एन्टी सेप्टिक, एन्टी ब्याक्टेरियल र एन्टी इन्फलेमेट्री गुण पाइन्छ । यसको नियमित प्रयोगले अनुहारको दाग हटाउन सकिन्छ ।
कसरी प्रयोग गर्ने रु

प्याज स्वास्थ्य र सौन्दर्य दुवैको लागि लाभदायक मानिन्छ । तपाईं चाहनुहुन्छ भने आफ्नो खानामा काँचो प्याज पनि सामेल गर्नुहोस् । यसलाई पिसेर फेसप्याक बनाएर पनि लगाउन सकिन्छ ।

रुखोपन हटाउने लसुन

लसुनमा भिटामिन–सी, भिटामिन बी–६, सेलेनियम, जिंक र फाइटोन्यूट्रीएट्स पाइन्छ । यसका साथै यसमा एन्टी ब्याक्टेरियल गुण पाइन्छ । यसले डन्डीफोर हटाउन पनि सघाउँछ ।

कसरी गर्ने प्रयोग रु

नियमित रुपमा एक वा दुई केस्रा लसुन सेवन गर्न सक्नुहुनेछ । यसले अनुहारको छालामा निखार ल्याउनुका साथै पेट सम्बन्धी कतिपय समस्या पनि हटाउँछ । लसुनको रस वा पेस्ट बनाएर प्रयोग गर्दा अनुहारको रुखोपन हट्छ ।

फेसप्याक बनाउने विधि

– लसुनको पाँच वटा केस्रा र एउटा प्याजलाई पानीमा सफा गर्ने । त्यसलाई मिक्सरमा राखेर पिस्ने ।
– अब यो पेस्टलाई अनुहारमा लगाउने र आधा घण्टा त्यसै छाड्ने ।
– त्यसपछि सफा पानीले अनुहार पखाल्नुपर्छ ।
– लसुनको रस निकालेर उक्त रस कपासले अनुहारको कालो दाग धब्बा भएको ठाउँमा लगाउनुपर्छ ।
– अनुहारको कुनै पनि दाग हटाउन लसुन र महको पेस्ट बनाएर स्क्रब गर्न सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१