निर्बाचन ऐतिहासिक तर हिस्सा र बुथ कब्जाले चिन्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ जेष्ठ २०७४, सोमबार ०६:३६

काठमाडौ,१ जेठ । प्रदेश नं ३ , ४ र ६ का ३४ वटा जिल्लामा भएको पहिलो चरणको स्थानीय तहको निर्बाचनमा जनताको उत्साहजनक सहभागिता रहेको तर कतिपय ठाउमा बुथ कब्जा , हिसाका घटना प्रति पर्यबेक्षण गर्ने सस्थाहरुले चिन्ता ब्यक्त गरेका छन ।
२०४६ सालको परिबर्तन पश्चात सबै निर्बाचनहरुको पर्यबेक्षण गर्दे आएको राष्टिय निर्बाचन पर्यबेक्षण समिति (नियोक), आम निर्बाचन पर्यबेक्षण समिति (जियोक) लगायतका प्रतिष्ठित पर्यबेक्षण सस्थाहरुले आइतबार साझ जारी गरेको प्रारंम्भिक प्रतिबेदन मार्फत भनेका छन .पर्यबेक्षकहरुले दिएको प्रारंम्भिक प्रतिबेदनका आधारमा स्थानीय तहको पहिलो चरणको निर्बाचन केही स्थानमा भएका छिटुफुट घटना बाहेक शान्तिपुर्ण वाताबरणमा सपन्न भएको छ ।
३४ जिल्लाका २ सय ८१ स्थानीय तहको निर्बाचनमा ६ हजार ६ सय ४२ मतदान केन्द्रको ब्यबस्था गरिएको तर कतिपय जिल्लाका मतदान केन्द्र टाढा भएका कारण मतदातालाई घण्टौ सम्म हिड्नुपरेको थियो । दुइ दशक पश्चात भएको स्थानीय तहको निर्बाचनप्रति आम मतदाताहरुको उत्साह प्रभाबकारी भएको जियोकको रिपोर्टले देखाएको सो संस्थाका सदस्यसचिब कृष्णमान प्रधानले जानकारी गराउनुभएको छ ।
निर्बाचन प्रति जनताको उत्साह भएको भएपनि कतिपय ठाउमा भएका घटनाहरुले नियोकलाई चिन्तित बनाएको भन्दै राष्टिय निर्बाचन पर्यबेक्षण समिति (नियोक)का महासचिब डा गोपालकृष्ण शिबाकोटीले आचार सहिता उल्लंघन भएका ठाउमा कारबाही भएको देखिएन भन्नुभएको छ ।
अधिकांश जिल्लामा बिहान सबेरैदेखि मतदाताहरु मतदान गर्न उपस्थित भई मतदान गरेको कारण अपरान्ह मतदान गर्नेहरुको चाप कम भएको थियो ।
स्थानीय तहको निर्बाचनका क्रममा दोलखामा मात्रै दुइ जनाले ज्यान गुमाएका छन । चुनाब प्रसारप्रसारका क्रममा चारदिन अघि एमाले कार्यकर्ता कुलबहादुर तामाङको मुत्यु भएको थियो भने आइतबार मतदान गर्ने दिन सोही जिल्लाको मेजुङ गाउपालिकाको शक्तिश्वर मा.बि. मतदान केन्द्रमा काग्रेस र माओबादीका केन्द्रका कार्यकर्ताबीचको बिबाद चर्किदै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रण गर्न खोज्दा चलाएको गालीबाट ३० बर्षीय नकुल भुजेलको दुखद निधन भएको छ ।
निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीहरु बीच समन्वय भएको र उनीहरुले भूमिका जिम्मेवारीपूर्वक निर्वाह गरेको तर कतिपय ठाउमा बुथ कब्जा हुदा सो क्षेत्रका सुरक्षा निकायको भुमिका सन्तोषजनक नभएको बताइएको छ । निर्वाचन आचार संहिताको पालना समग्र रुपमा सन्तोषजनक नै रहेको पाइयो भने केही स्थानमा आचार संहिता उल्लंघन भएको नियोकले जनाएको छ ।
मतदानको प्रयोजनको लागि निर्धारित मतपत्रको आकार मतदान गर्नुपर्ने पदहरुको संख्या र उम्मेदवारहरुको संख्याको तुलनामा अत्यधिक ठूलो भएको, सम्बन्धित स्थानीय तहका लागि हुन गएको निर्वाचनबाट पदपूर्ति हुने पदको लागि कायम रहेको उम्मेदवारहरु बाहेकको अप्रासंगिक निर्वाचन चिन्हहरु समेत समावेश गरिएको भद्दा प्रकृतिको ठूलो आधारको मतपत्रको कारणले मतदाताहरुलाई निकै असुविधा र अन्यौल भएको पर्यबेक्षण गर्ने सस्थाहरुले जनाएका छन ।
निर्वाचनको समग्र कार्यक्रम र प्रकृयामा निर्वाचनबाट पदपूर्ति हुने पदहरु र ती पदहरुको लागि कायम रहेका उम्मेद्वारहरुको समग्र सुची मतदाताले थाहा पाउने अवस्था मतदान केन्द्र वा बाहिर कतै पनि रहेको देखिएन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१