बिराटनगरको लड बुद्धद्धारा बिध्याथी कुटपिट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ जेष्ठ २०७४, सोमबार ०६:३१

गोपाल काफ्ले पथरी । अभिभावकलाई पोल सुनाएको भन्दै प्रिन्सिपल सि.एम श्रेष्ठ (चिन्तामणी) द्धारा कक्षा १० मा अध्यानरत छात्र सुरज राईलाई निलडाम हुने गरी कुटपिट गरेका छन । बिराटनगर ४ तिनटोलीया पिपल चोकमा अवस्थीत लड बुद्ध बोडीङ प्रिन्सिपलले होस्टलमा रहेका सुरजलाई बैशाख २८ गते कुटपिट गरेका थिए । छोराले कुटाई खाएपछि आमाले प्रिन्सीपल संग छलफल गरी मिलाएको आमा बबि राईले बताउनु भयो । त्यसको भोलीपल्ट बैशाख २९ गते शुक्रबार पुन प्रिन्सिपल श्रेष्ठले कक्षा कोठामा रबरको पाईप बोकी निरघात कुटपिट गरेका छन । कुटपिटबाट सुरज राईको पाखुरा तिघ्रा र चाकमा निलडाम बसेको छ । पथरीशनिश्चरे १ बस्ने सुरज कक्षा ५ देखी लड बुद्ध स्कुलमा अध्यान गर्दै सोही स्कुलको होस्टलमा बस्दै आएका थिए । कक्षामा हिसाब गर्नलगाएर हिसाब नमिले पछि कपालमा समातेर “तलाई कुटुभने पनि गार्जेन लिएर आउछस अब तलाई के दुध भात खुवाएर राखु तलाई भरे होस्टेलमा पख” भन्दै रबरको पाइपले कुटपिट गरीकोे राईले बताए । शुक्रबार स्कुल हाफछुटी भएकाले राई होस्टल आई शरिर हेर्दा निलडाम देखि डराएर भागी घर आएको आमा बबि राईले बताउनु भयो । स्कुलमा ३१ गते पिडितका अभिभावकहरुले स्कुलमा गई प्याब्सन र स्कुल प्रसासन संग न्याय मागेका थिए । ३ घण्टा लामो बहस पछि स्कुल प्रसासनका अध्यक्ष नितीन गजुरेलले प्रिन्सीपल श्रेष्ठलाई निल्म्बन गरी माफी मगाउनु भएको थियो । यता प्याब्सन मोरङका अध्यक्ष बासुदेब न्यौपानेले “यो अत्यान्तै दुखनिय घटाना हो यस्ता शिक्षकलाई कारवाही गरी स्कुललाई समेत निरिक्षण गर्ने बताउनु भयो” । प्रिन्सीपल श्रेष्टले आफुले सुरजलाई कुटपिट गरेको सुइर्कानु गर्नु भएको छ ।
स्कुलले अभिभावकको इच्छा अनुसार माग पुरा गरिदिने सर्तमा छलफल टुङगीएको छ । सर्तहरुमा
१ सुरजलाई अन्यन्त्र स्कुलमा स्वभद्र बातावरणमा पढ्ने बातावरण स्कुलले मिलाई दिने । र कक्षा १० को सम्पुर्ण खर्च स्कुलले ब्यहोर्नु पर्ने ।
२ पिडित सुरजलाई सोही घटनाको कारण अल्पकालीन तथा दिर्घकालीन समस्या भए उपचार खर्च बिद्यालयले ब्यहोर्नु पर्ने ।
३ बिद्यालयले आजैका मिति बाट प्रिन्सिपल सि.एम श्रेष्ठलाई निलम्बन गरी दुबै पक्ष बिच सहमती गरी मिलापत्र गरीएको छ ।​

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१