एनआरएन ए बेल्जियमको पाचौ साधारण सभा सम्पन्न (फोटो फिचर सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ श्रावण २०७१, बिहीबार ०५:३५
बिष्णु सापकोटा / बेल्जियम –  बेल्जियममा रहेका नेपालीहरुलाई आपत बिपतमा सहयोग गर्ने उद्देश्यले स्थापित परोपकारी कोषलाई निरन्तरता दिदै कठिन अवस्थामा रहेका नेपालीहरुको लागि विशेष कार्यक्रमको योजना अगाडि बढाउने घोषणासहित एनआरएन बेल्जियमको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रम  गत आईतवार बेल्जियमको लुभेनमा सम्पन्न भएको थियो ।10297612_686722014754243_6778362192266053286_n     
परोपकारी कोषमा सहयोग बढ्दै गएको उल्लेख गर्दै  एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङले तत्काल असजिलो अवस्थामा रहेकालाई सहयोग उपलब्ध गराईएको बताउदै निकट भविष्यमा मापदण्ड निर्धारण गरी सहयोग वितरण कार्यलाई प्रभावकारी गराउने भावी कार्यक्रम रहेको बताए ।10580217_686721611420950_683743460395815277_n
गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदका महासचिव कुमार पन्तले आफ्नो प्रमुख अतिथिको आसन बाट शुभकामना सहित आफ्नो मन्तब्य को क्रममा  सम्पुर्ण  गैर आवासीय नेपालीहरु को चिन्ता नेपाल प्रतिकै रहको यस प्रति एनआरएनले नेपालको पर्यटकीय बिकास मा आफ्नो लगानी अगाडी बढाउन लागेको र हाइड्रोपावर निर्माण आगाडी बढिरहेको समेत जानकारी गराएका थिए ।  एनआरएनका प्रमुख संरक्षक रामप्रताप थापाले नेपाल र नेपालीको समृद्वीको लागी स्थापित एनआरएनले नेपालमा विभिन्न कार्य गर्न शुरु गरेको बताउदै एनआरएनको एक पटकको नेपाली सधैको नेपाली’ भन्ने मागलाई संबिधानमा सुनिश्चित गर्न माग गरेका थिए ।  10580001_686722364754208_1207742853841738272_nयसै गरि  एनआरएन युरोप संयोजक अर्जुनकुमार श्रेष्ठले एनआरएनले देश बिदेशमा थुप्रै परोपकारी कार्य गरेको उल्लेख गर्दै सस्थाको बिकाशको लागी  सबैको सहभागिता र सहयोग अपरिहार्य रहेको उल्लेख गरे ।10556510_686720368087741_1112482395746646203_n
कार्यक्रममा नेपाली दूतावासका प्रतिनिधि लक्ष्मण खनालले नेपाल र नेपालीको समृद्वीको लागी गरीने कार्यमा दूतावासको सधै सहयोग रहने बताउदै सुरक्षित आप्रावास सम्वन्धमा एनआरएनले उठान गरेको कुराले दूतावास ध्यानाकर्षण भएको जानकारी गराए ।
उक्त कार्यक्रममा एनआरएन बेल्जियमका आईसीसी सदस्य द्वय शिवकुमार बरुवालजानकी गुरुङपूर्व अध्यक्ष पीजी शेर्पाबिपी प्रतिष्ठान की सीता सापकोटाजन सम्पर्क समितिका अध्यक्ष सुवास जोशी, प्रवासी नेपाली मंचका अध्यक्ष अर्जुन गुरुङ,जन प्रगतिशील मंचका अध्यक्ष चित्र सुबेदी,जन प्रगतिशील मंचका अध्यक्ष प्रेम पाठक, नेपाली एकता समाजका अध्यक्ष बालकृष्ण कंडेल, राप्रपा प्रवासी संगठनका महासचिब दीपेन्द्र केसीटाक्स फोर्स का सदस्य गंगाधर गौतम का साथै बेल्जियम स्थित विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले एनआरएन बिषयमा आफ्ना भनाईहरु राखेका  थिए।
साधार सभाको खुला सत्र अन्तर्गतको कार्यक्रममा  सम्पूर्ण सहभागी हरुलाई स्वागतार्थ सस्थाको तर्फ बाट उपाध्यक्ष  गोपाल सिंखडाले स्वागत मन्तव्य राखेका थिए । राष्ट्रिय गान सहित को  धून बाट कार्यक्रमको शुवात गरीएको थियो ।10338237_686722268087551_7551655627820561300_n
दुई चरणमा सम्पन्न कार्यक्रम अन्तर्गत दोश्रो सत्रमा एनआरएन बेल्जियमका महासचिब माधब सापकोटाले प्रस्तुत गरेको प्रतिबेदन केहि संसोधन सहित तथा कोषाध्यक्ष नरहरी सापकोटाद्वारा प्रस्तुत आर्थिक प्रतिबेदनलाई सभाले पारित गरेको थियो ।10580217_686721611420950_683743460395815277_n (1)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१