यौन सम्बधि विभिन्न देशका कानुन : यौनसम्बन्ध राख्न एक घण्टाको ‘ब्रेक’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० बैशाख २०७४, शनिबार ०७:११

संसारभरी यस्ता थुप्रै कानून छन् जसबारे थाहा पाउँदा तपाईं चकित पर्नुहुन्छ । यसैबिच आज हामी तपाईंलाई जोडीसँग सम्बन्धित यस्ता नियम बारे जानकारी दिँदै छौं जसबारे सायद तपाईंलाई जानकारी नहोला ।
स्विडेनले आफ्ना जनताका लागि यस्ता थुप्रै नियम बनाउने गर्दछन् जसका कारण उनीहरुको जीवन सहज हुने गर्दछ । केहि समयपहिले एउटा यस्तो प्रस्ताव राखियो जसअनुसार अफिसमा काम गर्ने व्यक्तिहरुलाई एक घण्टाको छुट्टी दिइनेछ ता कि उनीहरु आफ्नो घर गएर पार्टनरसँग शारिरिक सम्बन्ध राख्न सकून् । यो ब्रेकका लागि उनीहरुलाई पैसा पनि दिइनेछ । यदि यो प्रस्ताव स्विकार भए यसले प्रेमी र विवाहित जोडीले सँगै समय बिताउने राम्रो मौका पाउनेछन् ।
विवाहभन्दा पहिले शरिरिक सम्बन्ध राख्नु अवैधानिकः
साउदी अरबमा विवाहभन्दा पहिले शारिरिक सम्बन्ध राख्नु अवैधानिक छ । यदि कसैले यस्तो गरेको पाइए, वर्षौं वर्ष जेलमा जीवन बिताउनुपर्छ ।
बत्ती बालेर यौनसम्बन्ध राख्न नपाइनेः
हंगेरीमा कुनै पनि जोडीले बत्ती बालेर यौनसम्बन्ध स्थापित गर्न पाउँदैनन् । यदि उनीहरुले यस्तो गरेको पाइए जरिवानासहित जेल पनि जानुपर्ने सम्भावना हुन्छ ।
चुम्बन गर्नका लागि खौरनु पर्छ जुङ्गाः
लोवामा यदि कुनै व्यक्तिको जुङ्गा छ भने महिलालाई सार्वजनिक रुपमा चुम्बन गर्न सक्दैन । यहाँ यो गैह्र–कानूनी हो ।
धोकेबाज श्रीमानको हत्या गर्नु वैधः
हंगकंगमा श्रीमतीले धोका दिने श्रीमानको हत्या गर्न सक्छिन् । सर्त यतिमात्र छ कि हत्या कुनै चीजले नभई हातले गर्नुपर्ने हुन्छ ।
एक मिनटेभन्दा बढि चुम्बन गर्न नपाउनेः
मेरिल्याण्डमा कुनै पनि जोडीले एक मिनेटभन्दा बढि एक–अर्कालाई चुम्बन गर्न पाउँदैनन् । यस्तो गर्नु गैह्रकानुनी हो । यसो गर्दा तपाईंलाई सजायँ पनि हुनसक्छ ।
प्रस्ताव नराखी गर्न पाइँदैन विवाहः
साउथ क्यारोलिनामा प्रस्ताव नराखी कसैले पनि विवाह गर्न पाउँदैन । तर एकपटक औंठी दिएपछि तपाईंले विवाह गर्न अत्यावश्यक छ । यस्तो नगर्दा तपाईंलाई ५ वर्षको जेल सजायँ हुनसक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१