बढ्दो ट्राफिक जामलाई मध्यनजर गर्दै वैज्ञानिकहरूले बनाए उड्ने कार, जसले देखाउनेछ यसरी कमाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ बैशाख २०७४, बिहीबार ०७:२२

एजेन्सी । कल्पनामा रहेको उड्ने कारको सपना अहिले आएर साकार भएको छ । विश्वभर बढ्दै गएको ट्राफिक जामको समस्या र समयको बर्बादीलाई मध्यनजर गर्दै बैज्ञानिकले उड्ने कारको परिकल्पनालाई साकार पार्ने मोडमा छन् । उड्ने कारको परीक्षण सफल भएसँगै अब निर्माण कम्पनीले यसको व्यवसायिक उत्पादन थाल्ने बताएको छ ।
हाल यो कारलाई पोर्चुगलको स्टार्ट अप कम्पनीले निर्माण गरेको हो । उड्ने कारमा पनि विमानहरूको जस्तै तीनवटा पाङ्ग्रा राखिएको छ भने उड्नका लागि हेलिकप्टरको ब्लेड प्रयोग गरिएको छ । कारका रूपमा काम गर्नुपदा उक्त ब्लेड फोल्डिङ हुन्छ ।

कार आकाशमा उड्दा उक्त ब्लेडले काम गर्छ भने सवारीको गति बढाउन प्रोपेलरले काम गर्छ । यसमा १ सय हर्ज पावरको दुईवटा इन्जिन राखिएको कम्पिनीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०