कुवेतमा दुई नेपालीलाई जन्मकैद

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ बैशाख २०७४, बिहीबार ०६:३०

काठमाडौं । कुवेतमा तल्लो अदालतबाट मृत्युदण्ड सजाय सुनाइएका चितवनका जीवन रानाभाट र कास्कीका पदम गुरुङलाई पुनरावेदन अदालतले जन्मकैद सजाय दिने फैसला गरेको छ ।
काठमाडौंका आङलाक्पा शेर्पालाई ४ बर्षको सजाय तोकिएको छ । यसअघि शेर्पा रानाभाट र गुरुङलाई तल्लो अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो । अनीहरुले आफैं वकिल राखेर मुद्दा लडेका थिए ।

मृत्युदण्डकै फैसला सुनाइएका बाँकेका तारामान श्रेष्ठ निमा शेर्पाले पनि पुनरावेदनमा अपिल गरेका छन् । उनीहरुको फैसला आउन बाँकी छ । आजको कान्तिपुरमा यो खबर छ ।

उनीहरुलाई प्रहरीले लागूऔषध कारोबारको अभियोगमा मुद्दा चलाएका थिए । कुवेतमा एक महिलासहित १५ नेपालीले जन्मकैद सजाय पाइसकेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१