ठमेलको विकासका नाममा खोलिएका दर्जनौं संस्थाहरु खोइ ? ठमेल हेर्नुस हरी विजोग !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ बैशाख २०७४, मंगलवार १६:४३

काठमाडाै ।  नेपालमा पर्यटनको सिजन चलिरहेको छ । पर्यटन क्षेत्रको रुपमा चिनिने काठमाडौंको ठमेलमा विदेशी पर्यटकहरुको बाक्लो उपस्थिति रहेको छ । तर, विडम्वना ठमेलको सडकको पूर्वाधार विगत छ महिना देखि लथालिंग अवस्थामा छ ।
प्राय नेपाल आउने पर्यटकहरु शुरुमा ठमेलमा नै पुग्छन् र नेपाल बाट फर्किने अन्तिम समयतिर पनि ठमेलमा नै हुन्छन् । उनीहरुले ठमेलबाट लिएर जाने सन्देश नेपालको पर्यटनको प्रचार प्रसार र विकासको लागि महत्वपूर्ण हुन्छ । त्यसमध्ये केहि समय देखि पर्यटकले ठमेलमा भोग्नुपरेको सास्ति भनेको सडकको हो । बाटो जताततै भत्काइएको छ । पानी पर्दा हिलाम्मे हुन्छ भने घाम लाग्दा धुलोले ढाकिन्छ ठमेल । न सहज रुपले पैदल हिड्न सम्भव छ न सहज यातायातको अवस्था छ ।
“कहिले बत्तिको लागि, कहिले ढलको लागि, कहिले कसको लागि भत्काइदै छ ठमेलको सडक” ठमेलका पर्यटन व्यवसायीहरु  भन्छन् “सम्बन्धित निकायको लापरवाहिले ठमेलको शानलाई नै पर्यटकको बिचमा धुमिल  बनाउदैछ ।” ठमेलको विकासका नाममा खोलिएका दर्जनौं संस्थाहरु पनि यतिखेर कता छन् कुन्नि, ठमेलको अवस्था भने हरी विजोग छ यतिखेर ।

तस्विरहरू :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१