ग्यास र पेट्रोल पम्पमा भारतको इच्छा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ बैशाख २०७४, मंगलवार ०७:५२

काठमाडौं,२६ बैशाख  । भारतीय आयल निगम आइओसीले ग्यास रिफाइनेरी र पेट्रोल पम्पमा लगानी गर्न इच्छा देखाएको छ।
करिब डेढ महिना अघि आपूर्ति मन्त्रालय र आइओसीबीच भएको पाँच बर्षे इन्धन नवीकरण सम्झौताको क्रममा मन्त्रालयले लगानी गर्न प्रस्ताव गरेको थियो।

सोही प्रस्तावअनुसार लगानीको सम्भाव्यता अध्ययन गर्न नेपाल आएको आइओसीको टोलीले इच्छा देखाएको हो। निगमका अनुसार आइओसीका वाणिज्य महाप्रवन्धक एसएस बोसको नेतृत्वमा ५ सदस्यीय टोली नेपाल आएको हो।

टोलीले सोमबार साल्ट ट्रेडिङ कर्पोरेसन्सको एसटीसी ग्यास रिफाइनेरीमा निरीक्षण गरेको थियो। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१