गुजरातलाई जितका लागि १ सय ९० रनको लक्ष्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ बैशाख २०७४, सोमबार ०५:०१

दशौं आइपिएलको प्लेअफ प्रवेशको आशावादी दुई क्लबबीचको भिडन्तमा दक्षिण अफ्रिकी ब्याट्सम्यान हासिम अमलाले अर्को सम्झनलायक ब्याटिङ गरेका छन्।

उनले गुजरात लायन्सविरुद्ध हाल जारी खेलमा किङ इलेभेन पञ्जावले ३ विकेटको क्षतिमा बनाएको १ सय ८९ रनमा एक्लैले १ सय ४ रन बनाएका छन्। अन्य खेलाडीले ८२ रन मात्र जोडे। ३ रन अतिरिक्तबाट प्राप्त भएको थियो।

अमलाले दोस्रो विकेटका लागि शेन मार्शसँग मिलेर १ सय २५ रनको साझेदारी गरेका थिए। मार्श ५८ रनमा आउट भए। अमलाले ५ छक्का र ८ चौकाको सहयोगले ६० बलमा १ सय ४ रन बनाए। उनले ३५ बलमा अर्धसतक र ५९ बलमा सतक पुरा गरेका थिए।

कप्तान ग्लेन म्याक्सवेलले २ छक्काको सहयोगले ११ बलमा अविजित २० रन बनाए। गुजरातलाई जितका लागि १ सय ९० रन बनाउनु पर्नेछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०