बिरामी कलाकार दिपक क्षेत्रीको सहयोगार्थ मैत्रीपूर्ण फुटबल खेल र कलाकार भर्सेस बुद्धिजिबी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ बैशाख २०७४, आईतवार ०६:५२

काठमाडौं। शनिबार एक कार्यक्रमका बीच बिरामी कलाकार दिपक क्षेत्रीलाइ एक बर्षको लागि पुग्ने रासन सहितको सहायोग गरिएको छ । काँडाघारी संयुक्त युवा क्लब र बक्स अफिस फिल्मी क्लबको सयुक्त आयोजनामा भएको राष्ट्रिय स्तरका कलाकार भर्सेस समाजसेवी तथा बुद्धिजीबि बिचको मैत्रीपूर्ण खेलमा कलाकारले ३ गोलले बिजय हात पारेका थिए । नृत्य निर्देशक संकर बिसीले दुई गोल र कलाकार आकास बाबु खवासले एक गोल गर्दै कलाकारको टिमलाई बिजय बनाएका थिए ।
पुराना देखि नयाँ कलाकार र कलाकार देखि कमेडीएन सबैको उपस्थिति रहेको फुटबल खेलमा नायिका पुजा शर्मा , शुभेच्छा थापा , नायक पल साह , सलोन बस्नेत , जय किसन बस्नेत , धिरेन शाक्य ,करन श्रेष्ठ क्रेजी , महादेव त्रिपाठी , दिपेन शाह , किशोर भण्डारी , गोमा केसी , केदार घिमिर्रे माग्ने बुढा ै , एन बि महर्जन , सितल केशी , सुनिल कटुवाल लागयातकाले खेलेका थिए । काय्रक्रमका प्रमुख अतिथि चलचित्र बिकास बोर्डका अधक्ष्य राजकुमार राई रहेका थिए पनि बिरामी कलाकार दिपक क्षेत्री पनि खेल हेर्न उपस्थित भएका थिए । मैत्रीपूर्ण फुटबल खेलाका सयोजक रंजित कोईरालाले बिरामी कलाकार दिपक क्षेत्रीलाई हाम्रो तर्फ बाट यो सहयोग गर्न पाउँदा हामि निकै खुसि भएका छौ र आगामी दिनमा पनि कुनै पनि किसिमको सहयोग गर्न पनि तर्यर रहेको बताउनु भएको । तस्तै बक्स अफिस फिल्मी क्लबका अधश्य तथा खेल आयोजक आरके सुबेदीले पनि यो राम्रो काममा साथ् दिनुहुने सम्पूर्ण कलाकार साथीहरुलाई धन्यबाद पनि व्यक्त गरे । कार्यक्रममा निर्देशक शोभित बस्नेतको उधघोषण पनि उत्तिकै रमाईलो रहेको थियो ।

खेलमा बिजय हुने टिम लाई चलचित्र बिकास बोर्डका अधक्ष्य राजकुमार राइले प्रमाण पत्र तथा मेडल सहितको पुरस्कार प्रदान गर्नु भयो , तयस्तै टिम कप्तान नायक धिरेन शाक्य लाई शिल पनि प्रदान गर्नु भयो भने आयोजक संस्ताले अधक्ष्य राजकुमार राईलाई पनि शिल प्रदान गर्यो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१