यसरी बनाउन सकिन्छ घ्यूकुमारीको फेस प्याक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ बैशाख २०७४, शनिबार ०६:१५

काँक्रो – घ्यूकुमारी प्याक :
घ्यूकुमारीलाई राम्ररी सफा गरेर यसको जेल निकाल्नुहोस् । एउटा काँक्रो कोरेसोमा कोरेर त्यसको रस निकाल्नुस् । त्यो रसलाई जेलमा मिसाउनुस् । त्यसमा अलिकति गुलाबजल पनि हाल्नुस् । अब प्याक तयार भयो । यसलाई अनुहार तथा घाँटीमा लगाएर २० मिनेट छाडिदिनुस् । त्यसपछि पानीले सफा गर्नुस् । यो प्याक संवेदनशील छाला हुनेलाई बढी उपयोगी हुन्छ ।

कागती – घ्यूकुमारी प्याक :
अर्को एक प्रकारको उपयोगी प्याक घरमै बनाएर तपाईं प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि घ्युकुमारीको जेल तथा कागती चाहिन्छ । घ्यूकुमारीको जेलमा कागतीको रस मिलाएर हरेक दिन अनुहार र घाँटीमा लगाउनुस् । बिस्तारै अनुहार चम्कन थाल्छ । यो हरेक प्रकारको छालाका लागि उपयोगी हुन्छ ।

बेसन – घ्यूकुमारी प्याक :
एक कचौरा घ्यूकुमारीको जेल निकाल्नुस् । यसमा बेसन, दही, गुलाबजल र सुन्तलाको बोक्राको धुलो मिलाएर बाक्लो लेदो बनाउनुस् । यसलाई अनुहार र गर्दनमा हप्ताको दुईपटक लगाउनुस् । केही समयपछि तपाईंले फरक महसुस गर्नुहुन्छ । यो प्याक सामान्य छाला हुनेका लागि उपयोगी हुन्छ ।

मह – घ्यूकुमारी प्याक :
ताजा घ्यूकुमारीको पातलाई राम्ररी धोएर पानीमा उमाल्नुस् र यसलाई लेदो (पेस्ट) बनाउनुस् । यसमा थोरै मह हालेर प्याक बनाउनुस् । त्यो प्याकलाई अनुहार र घाँटीमा लगाएर २० देखि २५ मिनेटसम्म छाडिदिनुस् । त्यसपछि धुन सकिन्छ । यस्तो फेस प्याक हप्तामा दुईपटक लगाउँदा राम्रो हुन्छ ।

केरा – घ्यूकुमारी प्याक :
एउटा पाकेको केरालाई राम्रोसँग मिच्नुस् । यसमा दुई ठूलो चम्चा घ्युकुमारीको जेल र दुई ठूलो चम्चा मह हाल्नुस् । यो तीन चिजलाई राम्ररी मिलाएर अनुहारमा घुमाई–घुमाई मसाज गर्नुस् र केही समयका लागि छाडिदिनुस् । त्यसपछि मनतातो पानीले धुनुस् । यो प्याक संवेदनशील छालाका लागि बढी उपयोगी हुन्छ ।

मसला बदाम – घ्यूकुमारी प्याक :
मसला बदामलाई राम्ररी पिँध्नुस् । यसमा दुई चम्चा घ्यूकुमारीको जेल हाल्नुस् । यसलाई राम्ररी मिलाएर अनुहार र घाँटीमा लगाउनुस् । करिब १५ मिनेटपछि राम्ररी धुनुहोस् । यो प्याक ढल्कँदो उमेर भएका र सुक्खा छाला भएकालाई उपयोगी हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०