बैशाख २५ बाट प्रदेश नम्बर ३,४ र ६ का विद्यालय बन्द

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ बैशाख २०७४, बिहीबार ०७:२५

काठमाडौ ।  यहि बैशाख २५ गतेबाट स्थानीय तहको पहिलो चरणमा निर्वाचन हुने ३४ जिल्लाका सवै शैक्षिक संस्थाको पठनपाठन एक साताका लागि बन्द हुने भएको छ । बैशाख २५ बाट प्रदेश नम्बर ३,४ र ६ का विद्यालयको मात्रै पठनपाठन बन्द हुनेछ ।

निर्वाचन आयोगले स्थानीय निर्वाचनको समयमा सम्पूर्ण शैक्षिक संस्थाको पठनपाठन बन्द गर्न सरकारलाई दिएको निर्देशन अनुरुप बैशाख २५ गतेबाट एक साताका लागि ति जिल्लाका शैक्षिक संस्थाको पठनपाठन पछि पुर्ति गर्नेगरी बन्द गरिने शिक्षा मन्त्रालयका प्रवक्ता डा। हरि लम्सालले जानकारी दिए ।

२०७४ साल बैशाख ३१ गते आइतबार हुने स्थानीय तहको निर्वाचनको लागि मतदानकेन्द्र विद्यालय भवन तथा कम्पाउण्डभित्र समेत राखिएकाले बैशाख २५ गते देखि मतदान सम्पन्न नभएसम्म पठनपाठन, परीक्षा सञ्चालन र सबै शैक्षिक क्रियाकलाप स्थगन गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०