समाज कल्याण गतिबिधि नेपाल जापान शाखाद्वारा धुर्मुस सुन्तली फाउन्डेसनलाई आर्थिक सहयोग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ बैशाख २०७४, सोमबार ०७:२२

जापान । जापानमा उच्च शिक्षा अध्यन तथा  रोजगारिको शिलशिलामा रहेका सक्रिय युवाहरुको सस्था  ‘समाज कल्याण गतिबिधि नेपाल  ’ ले  धुर्मुस सुन्तली फाउन्डेसनलाइ आर्थिक सहयोग रकम ७२००० हजार येन हस्तान्तरण गरेको छ ।

“राष्ट्र निर्माण तपाई हाम्राे अभियान “भन्ने नारा लाई आत्मा साथ गर्दै “समाज कल्याण गतिविधि नेपालले”टोकियोको नाकानो जेराे हलमा भएकाे कार्यक्रममा “समाज कल्याण गतिविधि नेपाल “ले स्वयमसेवक गरी कार्यक्रमलाई  सफल पार्नमा बिशेष सहयाेग गरेको जापान शाखा संयोजक लिला बाहादुर श्रेष्ठले बताउनुभयो । आर्थिक सहयोग संकलन संयोजक लिला बाहादुर श्रेष्ठको पहलमा भएको थियो  । सहयोग रकम यस प्रकारको छ :

सहयाेगी हातहरू लिला बाहादुर श्रेष्ठ १०००० प्रताप सिंह तमाँग १०००० मंगल गुरुङ १०००० रविन श्रेष्ठ ५००० राजू लामा ५००० कृष्णा श्रेष्ठ ५००० स्वसतिका मगर ५००० राजेश गुरूँग ३००० अम्बिका गुरूँग २००० दीपेश खत्री ५००० गायत्री पाण्डे २००० अनिता कार्की २००० सूजन तिमिलसिना २००० समून्द्र सडाैला २००० नन्द राज रेग्मी २००० र किरण कार्किले २००० सहयोग गर्नु भएको थियो । सहयोग रकम फाउन्डेसनका अध्यक्ष शिताराम कट्टेललाइ हस्तान्तरण गरेका छन् ।

हस्तान्तरण कार्यक्रममा फाउन्डेसनका अध्यक्ष तथा लोकप्रिय हास्य कलाकार सिताराम कटेल (धुर्मुस) र कुन्जना धिमिरे (सुन्तली) ले सम्पुर्ण सहयोगी मनहरुमा यति ठुलो सहयोग रकम जुताएर सहयोग गर्नु भएकोमा र महा अभियानमा साथ दिनु भएको स धन्यवाद आभार प्रकट गर्नु भएको थियो।

साँचिकै मन देखिनै गर्व गर्न लायक राष्ट्रप्रेमिको भावना समेतिएको यस अभियान प्रती खुलेरै प्रसंशा गर्दै यस सहयोग र साथको जति नै बर्णन गर्दा पनि कम हुने भन्दै प्रवाशमा रहनु भएका सम्पूर्ण नेपालिहरुको साथ र मायाले नै सबै बस्ती निर्माण कार्य सफल भएको पनि कुरा उल्लेख गर्नु भयो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१