नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखामा ताला लाग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ बैशाख २०७४, सोमबार ०६:३१

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखामा फेरि ताला लगाइएको छ । अधिवेशन भएको एक हप्तापछि पुनः केन्द्रीय पार्षद चयनमा असन्तुष्ट जनाउँदै  ताला लगाएका हुन् ।

नेपाल प्रेस युनियन काठमाडौँका अध्यक्ष नकुल अर्यालले पार्षद चयनमा व्यावसायिक पत्रकारलाई पाखा लगाएकाले ताला लगाइएको बताए ।

‘‘राजनीतिक आस्थाका आधारमा योग्यता पुगको व्यावसायिक पत्रकारलाई पार्षद बन्न वञ्चित गरिएको छ’ उनले भने, ‘‘केन्द्रीय पार्षदका लागि आवेदन दिएका पत्रकारलाई प्रदेश पार्षद चयन गरिएको छ । यो सरासर महासङ्घको विधान विपरीत भयो ।’

नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, प्रेस सोसाइटी नेपाललगायत छवटा पत्रकार आवद्ध सङ्घसंस्थाले ताला लगाएका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१